काठमाडौं । विगत केही दिनदेखि विविध कारणले आपूर्तिकर्ताले समयमा आपूर्ति गर्न नसकेको कारण नेपाल टेलिकमका रिचार्ज कार्ड बजारमा सहजरूपमा उपलब्ध हुन नसकेकोमा हाल उक्त समस्या समाधान भई पूर्ववत् रिचार्ज कार्ड बजारमा उपलब्ध भइसकेको जनाएको छ ।
केही सञ्चार माध्यममा रिचार्ज कार्ड अभावका कारणले नेपाल टेलिकमको राजस्वमा कमी आई व्यापारघाटा भएको भनी भ्रामक समाचार प्रकाशन/प्रसारण भएको भन्दै कम्पनीले उक्त समाचारहरूमा कुनै सत्यता नरहेकोसमेत स्पष्ट पारेको छ ।
रिचार्ज कार्ड सहज आपूर्ति हुन नसकेको अवस्थामा पनि ग्राहकले रिचार्ज कार्डको विकल्पका रूपमा रहेका विभिन्न डिजिटल वालेट प्रयोग गरी प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गरिरहेकाले रिचार्ज कार्ड अभावले कम्पनीको व्यापार र राजस्वमा कुनै नकारात्मक प्रभाव नपरेको कम्पनीका प्रवक्ता हरि ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच