काठमाडौं । युवाहरूको नेतृत्व विकासका लागि अन्तर्राष्ट्रिय युवा शिविर २०२५ आयोजना हुँदै छ । लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ एल नेपालले पुस १९ देखि २१ गतेसम्म चितवनको सौराहामा अन्तर्राष्ट्रिय युवा शिविर (इन्टरनेसनल युथ क्याम्प) २०२५ आयोजना गर्न लागिएको लियोले जनाएको छ ।
कार्यक्रम संयोजक एवं लियो डिस्ट्रिक्ट काउन्सिलका प्रेसिडेन्ड लियो अभय थापाले काठमाडौंमा पत्रकार सम्मेलन गरेर साउथ एसियाका युवालाई नेपालको समृद्ध सांस्कृतिक सम्पदा, युवा नेतृत्व, वातावरण संरक्षण, विविध परिदृश्यहरूको अनुभव प्राप्त गर्न र सामुदायिक सेवाको स्थायी भावनामा एकताबद्ध गर्न कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराउनुभएको हो । उहाँले भन्नुभयो, ‘कार्यक्रमले नेतृत्व विकास, सांस्कृतिक आदानप्रदान र सामाजिक उत्तरदायित्वका लागि गतिशील प्लेटफर्म प्रदान गर्ने छ । यसबाट सहभागीहरूलाई व्यक्तिगत र व्यावसायिकरूपमा क्षमता अभिवृद्धिमा मद्दत पुर्याउने छ ।’
तीन दिन चल्ने क्याम्पमा नेतृत्व, सार्वजनिक भाषण, उद्यमशीलता र व्यक्तिगत वृद्धिलगायतका आवश्यक सीपमा केन्द्रित कार्यशाला हुने आयोजकले जनाएको छ । सीप निर्माणका अतिरिक्त शिविरले टोली निर्माण चुनौतीहरू, सहयोग र रचनात्मक समस्या समाधानलाई बढावा दिने गतिविधिमा जोड दिने बताइएको छ । कार्यक्रम संयोजक थापाले भन्नुभयो, ‘यी गतिविधिमार्फत् युवा नेताहरूले बलियो सार्वजनिक सम्बन्ध विकास गर्ने, पारस्परिक सम्मान र मित्रताको विश्वव्यापी नेटवर्क विकास गर्ने मौका पाउने अपेक्षा छ । शिविरको मुख्य जोड सामाजिक प्रतिबद्धता रहेको छ । कार्यक्रमका लागि नेपाल र विश्वभरबाट १५ सय बढीको आवेदन प्राप्त हुने आयोजकको अपेक्षा रहेको छ ।
जसबाट ६० जना छनोट गरिने छ । ५० जना युवा नेपाल र १० जना अन्य देशबाट हुनेछन् । छनोट भएका सहभागीले चितवनको सौराहामा आयोजना हुने तीनदिने युवा शिविरमा विशेष पहुँच प्राप्त गर्ने बताइएको छ । उनीहरूलाई नेतृत्व विकास, सांस्कृतिक आदानप्रदान र सामुदायिक निर्माणमा संलग्न हुने अवसर प्रदान गरिने छ । समुदायमा सकारात्मक प्रभाव पार्न उत्प्रेरित १८ देखि ३० वर्ष उमेरका सबै युवाका लागि क्याम्प खुला हुने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच