![भविष्यलाई विचार गरी वैदेशिक ऋण नलिइने : कावा प्रम सिंह](https://ehimalayatimes.com/wp-content/uploads/2024/12/Prakash-Man-Singh-Rautahat.jpg)
काठमाडौं । पर्यटक आगमन र होटल क्षमतामा ठूलो अन्तर रहेको भन्दै होटल व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । नेपालमा विदेशी पर्यटकलाई दिने सेवा र सुविधामा सुधार भएर ३५ लाख पुगिसक्दा पनि पर्यटक आगमन भने १० लाखमै सीमित रहेको होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहले बताउनुभएको छ । होटलहरूमा एमआरपीसम्बन्धी समस्या रहेको, हवाई भाडा महँगो, होटलको सेवा मूल्यमा गिरावट र डिसेम्बर–जनवरी महिनामा बुकिङ घट्नुले होटल व्यवसाय थप समस्यामा पर्दै गएको भन्दै उहाँले होटललाई राष्ट्रिय प्राथमिकता र समान व्यवहार हुनुपर्ने बताउनुभयो ।
पर्यटन विभाग र होटल संघ नेपालको संयुक्त आयोजना भएको होटल क्षेत्रमा देखिएको समस्या र चुनौती विषयक उक्त कार्यक्रममा अध्यक्ष शाहले भन्नुभयो, ‘अहिले मुलुकभर वार्षिक ३० देखि ३५ लाख पर्यटक राख्न सक्ने क्षमता छ तर पर्यटक आगमन संख्या करिब १० देखि १५ लाखमै सीमित रहँदा होटल क्षेत्रको भविष्य जोखिममा छ ।’
‘हाल मुलुकभर वार्षिक ३० देखि ३५ लाख पर्यटक राख्न सक्ने क्षमता छ तर पर्यटक १० देखि १५ लाखमै सीमित रहँदा होटल क्षेत्रको भविष्य जोखिममा परेको छ ।’
पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मीले सरकारी र निजी क्षेत्रको सहकार्यबाट समस्या समाधानको दिशा पहिल्याउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । पूर्वपर्यटन सचिव दीपेन्द्र पुरुष ढकालले नेपालमा अतिथि सत्कार क्षेत्रको अवस्था र विभिन्न आयाम होटल निरीक्षण, गुणस्तर मापदण्ड र अधिकतम खुद्रा मूल्यको मुद्दा, निगरानी, नियमन मापदण्ड र व्यवसाय संरक्षण, म्युजिक रोयल्टी कलेक्सनलगायत वातावरण संरक्षण ऐन, २०७६ लगायतले नेपालको हस्पिटालिटी क्षेत्रमा परेको प्रभावबारे प्रस्तुतीकरण गर्दै पर्यटन नीतिमा दीर्घकालीन योजनाभन्दा छोटो अवधि लक्षित योजनामा ध्यान दिनुपर्ने बताउनुभयो । भैरहवा विमानस्थलको सही उपयोग र आन्तरिक सडक तथा हवाई कनेक्टिभिटी सुधारमा उहाँको जोड थियो । पर्यटन सचिव डा. गणेशप्रसाद पाण्डेले वार्षिक पर्यटकको लक्ष्य राखेर हरेक वर्ष सुधारमा ध्यान दिइँदै पर्यटन दशक मनाइने बताउनुभयो । पर्यटक बसाइको अवधि बढाउन नयाँ होटल थप्नेभन्दा पनि सेवा र अनुभव सुधारमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालले मुलुक पर्यटकमैत्री बनाउन विमानस्थल तथा नाकाका अध्यागमनको उचित व्यवस्थापन हुनुपर्ने बताउनुभयो भने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन पूर्वाधार, अन्तर्राष्ट्रिय विमानस्थलको मार्केटिङ र डिजिटल प्रविधि अभावले नेपालमा पर्यटकको अनुभव कमजोर बनेको भन्दै इ-भिसा र इ-पेमेन्ट प्रणाली तत्काल लागू गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा सहभागी व्यवसायीले होटल व्यवसायलाई उद्योगको मान्यता दिनुपर्ने, कानुनी जटिलता हटाउनुपर्ने, विमानस्थल र सडक सञ्जाल चुस्त दुरुस्त हुनुपर्ने, तारे होटलको मापदण्ड पुनरवलोकन गरिनुपर्ने, इन्धन र विद्युत्मा सहुलियतका साथै होमस्टे व्यवस्थापनमा सुधार हुनुपर्ने बताएका थिए । पछिल्लो समय होटलमा स्वदेशी तथा विदेशी लगानी बढ्दै गएको छ । पहिलोपटक नेपालमा २०२९ सालमा पाँचतारे होटल सोल्टी स्थापना भएको थियो । त्यसयता दुर्ई सयभन्दा बढी तारे होटल सञ्चालनमा आएको पर्यटन विभागको तथ्यांक छ । भ्रमण वर्ष, लगानी सम्मेलन, पर्यटन दशक जस्ता कार्यक्रमले पर्यटन व्यवसायमा होटलको आकर्षण थपिँदै गएको होटल व्यवसायीले बताएका छन् । हानका अनुसार हानमा हालसम्म मुलुकभरका साढे चार हजारभन्दा बढी होटल सदस्य आबद्ध भइसकेका छन् ।
सन् २०२० मा भ्रमण वर्ष घोषणा गरिएपछि होटलमा थप लगानीको प्रतिबद्धता आएको थियो । तर, निर्माण सम्पन्न भएका नयाँ होटलहरू लगत्तै कोरोनाको चपेटामा परे । कोरोनापछि सन् २०२३ मा १० लाख हाराहारी पर्यटक नेपाल घुम्न आएका थिए भने सन् २०२४ को ११ महिनामा साढे १० लाखभन्दा बढी पर्यटक आएका छन् । सन् २०२४ नोभेम्बरसम्म १० लाख ५५ हजार पर्यटक नेपाल भ्रमणमा आएका पर्यटन बोर्डको तथ्यांक छ । सन् २०२४ मा १२ लाख पर्यटक भित्रिने अपेक्षा थियो ।
सन् २०१९ मा सबैभन्दा धेरै ११ लाख ९७ हजार पर्यटक आएका थिए । यस वर्षको नोभेम्बर महिनामा एक लाख १४ हजार पाँच सय एक पर्यटक आएका छन् । जुन नोभेम्बर २०२३ को तुलनामा ५.४० प्रतिशतले धेरै हो भने २०१९ नोभेम्बरको तुलनामा १२.२३ प्रतिशतले कम हो । यस वर्ष नोभेम्बरमा सबैभन्दा धेरै पर्यटक भारतबाट १९ हजार नौ सय १५ पर्यटक आएका छन् । धेरै पर्यटक भित्रिने दोस्रो देश अमेरिकाबाट १० हजार नौ सय ८१ पर्यटक आएका छन् भने चीनबाट नौ हजार चार सय ५८, बेलायतबाट छ हजार छ सय ११, बंगलादेशबाट पाँच हजार एक सय ४८, अस्ट्रेलियाबाट चार हजार आठ सय २९, थाइल्याण्डबाट चार हजार चार सय ६२, श्रीलंकाबाट चार हजार तीन सय ९५, जर्मनीबाट तीन हजार नौ सय २६ र फ्रान्सबाट तीन हजार आठ सय ४१ पर्यटक नेपाल आएका छन् । हालसम्म होमस्टेदेखि चेन होटलसम्मको अवस्था झण्डै ३० लाख पर्यटक धान्न सक्ने वातावरण होटल उद्योगले बनाइसकेको हानले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच