काठमाडौं । सामान्यतः निर्वाचनको परिणामले कसैलाई उत्साहित अनि कसैलाई निराश बनाउनुपर्ने हो । स्थानीय तह उपनिर्वाचनको परिणामले भने प्रमुख दलहरू सबैलाई उत्साहित बनाएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनको परिणाम सन्तोषजनक रहेको प्रारम्भिक समीक्षा गरेका छन् ।
निर्वाचन आयोगले मंसिर १६ गते देशभरका विभिन्न स्थानीय तहका ४१ वटा पदमा भएको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक गरेको छ । कुल ४४ पद रिक्त रहेकोमा तीन पदमा निर्विरोध चयन भएको थियो । प्राप्त मत परिणाममा सबैभन्दा धेरै स्थान जिते पनि नेपाली कांग्रेसले विगतमा जितेका सिट गुमाएको छ । कांग्रेसले पहिले जितेका दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष र बाजुराको स्वामिकार्तिक गाउँपालिका उपाध्यक्ष पद गुमाएको छ । कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयर भने जोगाउन सफल रहृयो । कांग्रेसले कुल १९ स्थानमा जित हासिल गर्यो ।
उपनिर्वाचनमा एमालेले एक गाउँपालिका अध्यक्ष र दुई उपाध्यक्ष थप गर्यो । उसले आठ वडा अध्यक्ष पनि जित्यो । जितको आँकलन गरिएको कीर्तिपुर र काठमाडौं १६ मा हारे पनि समग्रमा अघिल्लो निर्वाचनमा भन्दा एमालेलाई उपनिर्वाचनबाट लाभ नै भयो । उपनिर्वाचबाट अधिक लाभ लिनेमा नेकपा माओवादी केन्द्र रहृयो । उसले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष थप्यो भने रुकुमको पुथा उत्तरगंगा र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष जोगायो । माओवादीले ६ वडा जित्दै उपनिर्वाचन परिणाममा कांग्रेसपछिको स्थानमा आपूmूलाई उभ्याउन सफल भयो ।
परिणाम सन्तोषजनक र उत्साहवर्धक : कांग्रेस
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणाम सन्तोषजनक र उत्साहवर्धक रहेको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत धारणा राख्दै महामन्त्री शर्माले विगतमा गठबन्धन गरेर हासिल भएको संख्यात्मक नतिजाभन्दा यसपटक एक्लै लडेर हासिल गरेको गुणात्मक नतिजा उपलब्धिपूर्ण रहेको बताउनुभएको हो । कांग्रेसले रिक्त ४४ मध्ये १९ पदमा जित हासिल गरेको र जित प्रतिशत ४३.१८ रहेको भन्दै महामन्त्री शर्माले स्थानीय निर्वाचनको परिणाम गुणात्मक रहेको उल्लेख गर्नुभयो । ‘२०७९ मा गठबन्धन गरेर चुनाव लड्दा प्राप्त स्थानभन्दा एक्लै लडेर प्राप्त स्थान संख्यात्मक कम तर राजनीतिक, सांगठनिक र गुणात्मक रूपले बढी महत्वपूर्ण छ’ शर्माले लेख्नुभएको छ । महामन्त्री शर्माले उपनिर्वाचनले मतदाताले मुख्य दलहरूप्रति नै समर्थन प्रकट गरेको र विद्यमान राजनीतिक प्रणालीप्रति ऐक्यबद्धता जनाएको उल्लेख गर्नुभएको छ ।
उपनिर्वाचनले माओवादीको ‘एजेण्डा’ र अभियान जनअनुमोदन गर्यो : माओवादी
नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको परिणाम उत्साहजनक रहेको बताएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको परिणामले माओवादीको एजेण्डालाई अभिमत प्राप्त भएको र एक्लै चुनाव लड्न जनादेश हासिल भएको बताउनुभएको छ । ‘हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ संकल्पको रूपमा लिएको थियो । खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पु¥याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रूपमा उपनिर्वाचनलाई लिएका थियौँ’ प्रचण्डले भन्नुभएको छ । माओवादीले नेतृत्व गरेका स्थानीय तहहरूले उत्कृष्ट कार्य गर्दै आएको र जनताको सेवा गर्न पार्टी पंक्ति परिचालित रहेको समीक्षा प्रचण्डको छ । उपनिर्वाचनले माओवादीलाई उत्साहित र माओवादीका एजेण्डालाई जनअनुमोदन मिलेको उहाँको दाबी छ ।
जनप्रतिनिधि थपिनु नै एमालेको सफलता
नेकपा एमालेले उपनिर्वाचनका कारण एमालेको पद थपिनु नै एमालेको सफलता रहेको बताएको छ । उपनिर्वाचनको प्रारम्भिक समीक्षा गर्दै एमाले सचिव पद्मा अर्यालले स्थानीय तहमा एमालेको प्रतिनिधित्व बढेको बताउनुभयो । एमाले नेतृत्वको सरकारविरुद्ध भइरहेको दुष्प्रचारलाई उपनिर्वाचनको जनमतले खारेज गरेको उहाँको भनाइ छ । ‘एमालेविरुद्ध जुन स्तरको प्रचार थियो त्यसलाई मत परिणामले खारेज गरेको छ । एमालेले पहिलेभन्दा मत र पद थपेको छ । चुनावमा पद थपिनु भनेको नै सफलता हो’, अर्यालले हिमालय टाइम्ससँग भन्नुभयो । उहाँले उपनिर्वाचनले लोकप्रियतावादीहरूलाई भने कमजोर सावित गरिदिएको उल्लेख गर्नुभयो । ‘पुरानाले सकेनन् हामी सबैभन्दा पपुलर हौँ भन्नेलाई चैँ यो चुनावले सबक सिकाएको छ । कांग्रेसको सिट घटेको छ । माओवादीले केही सुधार ग¥यो होला तर एमालेले पनि पद थपेको छ’, उहाँले भन्नुभयो । एमालेले अझ राम्रो परिणाम ल्याउन सक्नेतर्फ पार्टी बैठकले थप समीक्षा गर्ने उहाँको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच