काठमाडौं । नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही पहिलो पटक आफ्नो जन्मस्थान सौरु पुग्दा स्थानीयले भव्य स्वागत गरेका छन्। परम्परागत बाजागाजाका साथै, फूलमाला र लिएर ठूलो सङ्ख्यामा उपस्थित भएका स्थानीयले मन्त्री शाहीलाई भव्य स्वागत गरेका हुन्।
मन्त्री शाहीको आगमनसँगै सौरु गाउँको माहोल उल्लासमय बनेको थियो। मन्त्री शाहीले आफ्नो सम्बोधनमा भनेका थिए “म आफ्नो जन्मभूमिमा आएर निकै भावुक छु। यहाँको विकास, वन संरक्षण र वातावरणीय सन्तुलनका साथै जलबायु परिवर्तनले पारेको प्रभाब र असर न्युनिकरणको लागि आवश्यक योजनाहरू अघि बढाइनेछ।”
कार्यक्रमका क्रममा स्थानीयले सडक, खानेपानी, शिक्षा र बन तथा स्वास्थ्यका क्षेत्रमा देखिएका समस्याहरू उठाएका थिए। मन्त्री शाहीले संभव भए सम्मका समस्याहरूलाई सम्बोधन गर्न छिट्टै योजना अघि सारिने प्रतिबद्धता व्यक्त गरे ।
सौरुका कृषक र युवा उद्यमीले आफ्नो क्षेत्रको विकासका लागि मन्त्रीसँग सहकार्यको अपेक्षा व्यक्त गरेका छन्। यस अवसरमा स्थानीय विद्यालयका विद्यार्थीहरू, महिला समूह र विभिन्न संघसंस्थाहरूले समेत मन्त्रीको स्वागत कार्यक्रममा सहभागिता जनाएका थिए।
मन्त्री शाहीको आगमनले सौरु गाउँपालिकाको विकास र समृद्धिका लागि नयाँ आशा जागेको स्थानीयहरूको प्रतिक्रिया दिएका छन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच