हेटौंडा। हेटौंडा उपमहानगरपालिका –१९ स्थित लेखपानीमा रहेको जीवनज्योति आधारभुत विद्यालयमा पर्खाल लगाउने काम सुरु भएको छ । विद्यालयनजिक चारैतिर जंगल र ठूलो भिर भएका कारण बालबालिका लडेर हात भा“च्चिने र घाइते हुने गरेको समाचार प्रकाशन भएपछि वागमती प्रदेश सरकारले ८ लाख बजेट बिनियोजन गरेसंगै पर्खाल लाउने काम अगाडि बढेको हो ।
नगरपालिकाभित्रकै विद्यालय भए पनि लेखपानी र उक्त स्थानमा रहेको विद्यालय सबैतिरबाट पिछडिएको प्रधानाध्यापक कुमार सिंह गोलेले बताउनुभयो ।
‘प्रदेश सरकारले ८ लाख बजेट परेर विद्यालयवरिपरि पर्खाल लाउने काम भइरहेको छ भने अझै मुलगेट बनाउन र विद्यालयदेखि १५ मिटर पूर्व १५ मिटर घेराबारको काममा बजेट अपुग भनेको भन्दै सम्बन्धित निकायबाट त्यसतर्फसमेत ध्यानाकर्षण भइदिए सहज हुने थियो,’ उहाँले भन्नुभयो । केही महिनाअघि विभिन्न संघसंस्था तथा सञ्चारकर्मीको समाचार सम्प्रेषण तथा पहलमा उक्त बजेट परेर पर्खाल लगाउने काम केही दिनदेखि सुरु भइरहेको छ ।
शौचालयका लागि पानी अभाव भएको मिडियामै आएपश्चात् हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाको पहलमा ५ हजार लिटरका २ ट्यांकी उपलब्ध भएको उहाँले बताउनुभयो । उक्त ट्यांकीमा बर्खामा परेको पानी थापेर जम्मा गरी हिउ“दमा प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो ।
उक्त विद्यालय जहा“ शिक्षा लिनु भन्दा भोको पेट भर्ने आशमै बालबालिका एक घण्टा हि“डेर विद्यालय आउने गर्छन् । जीवनज्योति विद्यालयमा ५ कक्षासम्ममात्र पढाइ हुन्छ । साना बालबालिका भोको पेट भर्नकै लागि दिनहु“ विद्यालय आउने गर्छन् । उक्त वडा बालमैत्री घोषणा भइसकेको छ । वडा बालमैत्री घोषणा भए पनि कार्यान्वयनको पक्षमा भने नभएको र कागजमा सीमित बालमैत्री घोषणालाई कार्यान्वयनमा ल्याउने गरी काम गर्नु आवश्यक रहेको प्रधानाध्यापक गोलेको भनाइ छ । केही हदसम्म भने सुधार भएको उहाँले बताउनुभएको छ।
तामाङ समुदाय रहेको लेखपानीमा एउटामात्र विद्यालय छ । २०५९ सालमा स्थापना भएको विद्यालयमा हाल ४१ बालबालिकाले अध्ययन गरिरहेको विद्यालयका प्रधानाध्यापक गोलेले बताउनुभयो । अभिभावक विहान मेलापात हि“ड्ने कारण बालबालिकाहरु भोकै विद्यालय आउँछन् । उक्त ठाउँमा १२ बजेसम्म कसैको घरमा खाना नपाक्ने कारण बालबालिकाहरु भोकै विद्यालय आउने गरेको प्रधानाध्यापक गोलेको भनाइ छ । बालबालिका विद्यालय आएपछि भोको पेटका कारण कोही झोक्राएर बस्छन् त कोही रुन थाल्छन् ।
‘आर्थिक अवस्था कमजोर भएको र भोको पेट विद्यालय पढ्न विद्यार्थी आउने गरेका कारण राम्रो शिक्षा लिन र दिनसमेत नसकिएको बताउ“दै बालबालिकालाई पेटभर खुवाउन महिनाको ३ बोरा चामलको व्यवस्था भइदिए बच्चा भोको पेट पढ्नुपर्दैन थियो,’ उहाँले भन्नुभयो ।
प्रधानाध्यापक भन्छन्, ‘बच्चाहरुका लागि छुट्याएको खाजाखर्चले पुर्याउन मुस्किल पर्छ । तर, भोको पेटमा बालबालिकालाई राम्रो शिक्षा दिन नसक्ने कारण विद्यालय आउनेबित्तिकै खाना खान दिएरमात्र पढाउन सुरु गर्ने गरेका छौं । अरु विद्यालयमा जस्तो टन्न पेट भरिएर विद्यालयमा कहिले बालबालिका आउ“दैनन् । अभिभावकको आयस्रोत नभएका कारण बालबालिकाहरुले पेटभरि खान समस्या रहेको उनी बताउँछन् ।
विद्यालयमात्र नभइ गाउँमै खानेपानीको निकै ठूलो समस्या छ । ठाउ“को नाम लेखपानी भए पनि पानीको निकै अभाव छ । विद्यालयका लागि खानेपानीको पनि निकै समस्या छ । ५ किलोमिटर पर एउटा इनार छ, त्यही इनारबाट गाग्रोमा भरेर पानी ल्याउनुपर्छ । बाटोमा अलिकति खुट्टा खुस्कियो भने ज्यान जोगाउन मुस्किल पर्छ ।
जीवनज्योति विद्यालयमा ५ सम्म पढाइ हुने कारण ५ पछि लगभग ७० प्रतिशत् बच्चाले पढाइ छाड्ने गरेका छन् । बालबालिकाको पढाइ राम्रो हुँदाहुँदै पनि कति बालबालिकाले घरको आर्थिक अवस्थाका कारण लेवट बजारसम्म आएर पढ्न सक्दैन्न । ३० प्रतिशत् बालबालिका घरपरिवार अलि शिक्षित भएका कारण लेवट बजारसम्म ल्याइ पढाउने गरेका छन् ।
बाँकी बालबालिकाले १५र१६ वर्ष उमेरमा भागेर विवाह गर्ने गरेका छन् भने अभिभावकले पनि सहमति जनाउने गरेका छन् । कति अभिभावकले ५ सम्म पढेर अक्षर चिने पुग्छसमेत भन्ने गरेका छन् । बालबालिकालाई खाजामा मासुभात, जाउलो र रोटी मिलाएर खुवाउने गरिएको छ । शुक्रबार बालबालिका धेरै विद्यालय आउने कारण मासुभात राखिएको र मासुभात खानका लागि सबै बालबालिका विद्यालय आउने गरेका छन् । भात खान पाएपछि बच्चाहरु धेरै खुशी हुँदै मासुभात खाएको खुशी हप्ता दिनसम्म व्यक्त गर्ने गर्छन् ।
बालबालिकालाई भन्दा पनि लेखपानीका अभिभावकमा चेतनाको विकास गर्नुपर्ने अवस्था रहेको बताउ“दै चेतनामूलक कार्यक्रम ल्याउन पाए केही परिवर्तन हुन्थ्यो कि भन्ने लागेको प्रधानाध्यापक गोले बताउ“छन् । विद्यार्थीका लागि जाडोमा न्यानो कपडाका साथै विद्यालय पोशाकको समेत अभाव रहेको उनले बताए । वडामा बालमत्री सहजकर्ता खटाइएको छ । ती सहजकर्ता बजारमा मात्र सीमित छन् । हेटौंडा उपमहानगरपालिका–१९ नम्बर वडा अध्यक्ष नवराज सुबेदी भन्छन्,–बजेट नपुगेको भए खबर आउला । खबर आइपुगेको छैन । बाकी काम अरु केही हुँदैछ, अहिले भएको पनि छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच