![विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० उद्योग समितिबाट पारित](https://ehimalayatimes.com/wp-content/uploads/2025/01/udhyog-samiti.jpg)
काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गतको खेलमा स्पेनिस क्लब बार्सिलोनाले फराकिलो जित निकालेको छ। मंगलबार राति भएको खेलमा बार्सिलोनाले माल्लोर्कालाई ५-१ गोल अन्तरले पराजित गरेको हो।
बार्सिलोनाका लागि सुरुवाती गोल फेरान टोरेजले खेलको १२ मिनेटमा गरेका थिए। माल्लोर्काका भेडाट मुरिक्वीले ४३ मिनेटमा गोल फर्काएका थिए।
पहिलो हाफमा १–१ गोल बराबरीले टुंगिएकोमा दोस्रो हाफमा बार्सिलोनाले अरू चार गोल थपेको थियो। खेलको ५६ मिनेटमा बार्सिलोनाका कप्तान राफिन्हाले पेनाल्टी र ७४ मिनेटमा अर्को गोल थपेका थिए।
७९ मिनेटमा डि जोङ र ८४ मिनेटमा भिक्टरले गोल गरेका थिए। जारी सिजनमा १६ खेलमा १२ खेल जित्दा बार्सिलोनाले ३७ अंक बटुलेर शीर्ष स्थानमा छ।
बार्सिलोनालाई चुनौती दिने क्रममा दुई खेल कम खेलेको रियल म्याड्रिडको ३३ अंक रहेको छ। माल्लोर्का भने १६ खेलमा २४ अंकसहित छैटौं स्थानमा रहेको छ।
![प्रधानमन्त्रीले पेकिङ विश्वविद्यालयमा प्रवचन दिने](https://ehimalayatimes.com/wp-content/uploads/2024/11/kp-sharma-oli-pm-150x150.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच