काठमाडौं – सञ्चारमाध्यमकाअनुसार दक्षिण कोरियाका वरिष्ठ राष्ट्रपति कार्यालयका कर्मचारी, चीफ अफ स्टाफ र सबै वरिष्ठ सचिवहरूले राजीनामाको प्रश्ताव गरेका छन् ।
राष्ट्रपति युन सुक–योलले आपतकालीन मार्शल लको घोषणा गरेपछि उनीहरुले राजीनामा दिने घोषणा गरेका हुन् ।
दक्षिण कोरियाली राष्ट्रपति यून सुक–योलले मंगलवार एक टेलिभिजन सम्बोधनमा राज्य विरोधी शक्तिहरू उन्मुलन गर्न र स्वतन्त्र संवैधानिक व्यवस्थालाई कायम राख्न आपतकालीन मार्शल कानून घोषणा गर्नुभयो ।
करिव साढे दुई घण्टापछि बसेको राष्ट्रिय सभाको पूर्ण बैठकमा सत्तारुढ जनता पार्टीका १८ र विपक्षी दलका १७२ सांसदको उपस्थितिमा पक्षमा मतदान भएको थियो । संविधानबमोजिम ३ सय सदस्यीय संसदले बहुमत सांसदले पक्षमा मतदान गरेपछि राष्ट्रपतिले मार्सल ल अध्यादेश खारेज गर्नुपर्छ ।
सिन्ह्वा/न्युज एजेन्सी नेपाल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच