कर्णालीले काठमाडाैंलाई दियो १५० रनको लक्ष्य, शिखर धवनले बनाए एनपीएलमा पहिलो अर्धशतक

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले काठमाडाैं गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनायो ।

कर्णाली याक्सका ओपनिङ ब्याटर शिखर धवनले अर्धशतक प्रहार गरेका छन् । एनपीएलमा यो उनको पहलो अर्धशतक हो ।

धवनले ५१ बल खेल्दै ४ चौका र ५ छक्का मदतमा अविजित ७२ रन जोडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?