उपनिर्वाचनको परिणाम सकारात्मक : महामन्त्री शर्मा

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 6 mins

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह उपनिर्वाचनको नतिजालाई सकारात्मक रुपमा लिएको बताउनुभएको छ ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महामन्त्री शर्माले उपनिर्वाचन परिणामलाई पार्टीले उत्साहका रुपमा लिएको बताउनुभएको हो । उहाँले लोकतान्त्रिक प्रक्रियामा उपनिर्वाचन हुँदा पनि मतदाताको उत्साहजनक सहभागिता, राजनीतिक दलहरुले पाएको मत, प्रणालीप्रति जनताका विश्वास र यही प्रणालीबाट समुन्नतिको बाटोमा हिँड्नुपर्छ भनेर राजनीतिक दलहरुलाई घच्घच्याएको जनादेशलाई पुनर्ताजगी गरेको रुपमा बुझेको बताउनु भयो ।

पार्टीले उपनिर्वाचनको प्रारम्भिक समिक्षा सार्वजनिक गरिसकेको उल्लेख गर्दै उहाँले उपनिर्वाचन भएका प्रत्येक वडा र पालिकामा अगाडिको निर्वाचन र पछिल्लो निर्वाचनको अंकगणित के रह्यो ? भन्ने विषयमा पार्टी सचिवालय गम्भिर समिक्षामा लागेको बताउनु भयो । उपनिर्वाचन भएका ४४ स्थानमध्ये १९ स्थानको नतिजा आफ्नो पक्षमा आएको उल्लेख गर्दै उहाँले एक्लै लडेर प्राप्त गरेको गुणात्मक मत अझै महत्वपूर्ण भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय तहको उपनिर्वाचनको परिणामले स्वाभाविक रुपमा अगामी दिनहरुको लागि समिक्षा र विश्लेषण गर्ने रुपले महत्वपूर्ण छ । नेपाली काँग्रेसले हरेक चुनावलाई महत्वका साथ लिन्छ । कुनैपनि चुनावमा आफ्नो पार्टीको तर्फबाट लाग्ने एफोर्ट दिन्छ । कुनैपनि चुनावलाई खेलाँचीको रुपमा लिँदैन । पार्टीले उपनिर्वाचको तयारीका लागि मलाई जिम्मेवारी दिएपछि हामी तिहारपछि तयारीमा लागेका थियौं । पार्टीका सबै साथीहरु सम्भव भएसम्म सबै जुट्नुभयो । अहिले परिणाम आइसकेपछि हामी प्राम्भिक समिक्षा धारण पनि प्रश्तुत गरिरहेका छौं । प्रत्येक वडा र पालिकामा गम्भिर रुपमा अगाडिको निर्वाचन र पछिल्लो निर्वाचनको अंकगणित के रह्यो ? उपलब्धी हुँदै गर्दा कसरी भयो ? गुम्दै गर्दा कसरि गुम्यो ? भन्नेकुरा हामो सचिवालयले तथ्यांकसहित सबै तयारी गरिरहेकै छ । अहिले प्रारम्भिक रुपमा भनिरहँदा लोकतान्त्रिक प्रक्रियामा उपनिर्वाचन हुँदा पनि यो प्रक्रियामा मतदाताको उत्साहजनक सहभागिता र मुख्य राजनीतिक दलहरुले पाएको मत, प्रणालीप्रतिको विश्वास, यही प्रणालीबाट समुन्नतिको बाटोमा हिँड्नुपर्छ भनेर राजनीतिक दलहरुलाई घच्घच्याएको जनादेशलाई पुनर्ताजगी गरेको रुपमा हामीले बुझेका छौं । नेपाली काँग्रेस पार्टीले अहिलेको चुनावमा कहाँ कमजोरी भयो त्यसको पनि समिक्षा गर्दैछ । के उपलब्धि भयो ? त्यसलाई पनि विश्लेषण गर्दैछ । उपनिर्वाचन परिणामलाई हामीले उत्साहका रुपमा लिएका छौं । सकारात्मक रुपमा लिएका छौं । यदी गणितीय हिसावमा जाने हो भने नेपाली काँग्रेसले ४४ स्थानमध्ये २७ वटा स्थानमा निर्वाचित भएको थियो । अहिले १९ ठाउँमा विजयी भयो । गणितीय व्याख्या गर्दा कम विजयी भएको देखिन्छ । ४४ स्थानमा १९ स्थान भनेको ४३ प्रतिशत जितेको अवस्था हो । त्यसका बाबजुद पनि नेपाली काँग्रेसले तत्कालिन चुनावको परिस्थिति, मनोविज्ञान, त्यसबेलाका समिकरण र अहिलेको परिस्थिति, मनस्थिति र समिकरणलाई हेर्ने हो भने गुणात्मक रुपले यो महत्वपूर्ण छ । गत निर्वाचनमा हामी कहीँ माओवादीसँग गठबन्धन गरेर लडेका थियौं, कँही नेकपा एकीकृत समाजवादीसँग हाम्रो समिकरण थियो । गठबन्धन गरेर प्राप्त गरेको २७ वटा सिटभन्दा गठबन्धन नगरिकन प्राप्त भएको १९ सिट विशेष रुपले महत्वपूर्ण छ ।’

महामन्त्री शर्माले पार्टीको महासमिति बैठकबाट एक्लै चुनाव लड्ने प्रस्ताव पारित गरेको भएपनि केही ठाउँहरुमा आत्मियताका आधारमा मिलेर जानु स्वाभाविक भएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ बेरुजु अध्ययनका लागि लेखा समितिले बनायो पाँच उपसमिति अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाकाे मृत्यु आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु मिटरब्याजविरुद्ध जनकपुर-काठमाडौं पैदल मार्च अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ? जलवायु कार्य र विश्वकप : फुटबलको मैदानबाट ‘नेट जिरो’ को सन्देश युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन राष्ट्र बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान