हेटौंडा । मकवानपुरको बकैयामा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । बुधबार बकैया गा.पा. ५ तिनतले घुम्ती स्थित धरान चतरा सडक खण्डमा बस आफै अनियन्त्रित भई सडकबाट देखि अंदाजी ५० मिटर तल खोल्सामा खसी दुर्घटना हुँदा २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार हेटौडाबाट छतिवन तर्फ जादै गरको बा ५ ख ६६५३ नं. को बस आफै अनियन्त्रित भई सडकबाट देखि अंदाजी ५० मिटर तल खोल्सामा खसी दुर्घटना भएको हो ।
खबर प्राप्त भएपछि प्रहरी टोलि घटनास्थल पुगेको र २२ जना घाईतेहरुलाई स्थानीयहरु र प्रहरीले उद्दार गरी उपचारको लागी हेटौडा सहकारी अस्पताल पठाएको प्रहरी जनाएको छ ।
बस चालक हेटौडा १२ पदमपोखरी बस्ने वर्ष ४५ को टिकाराम लामा प्रहरीको नियन्त्रणमा रहेको र चालकको भनाई अनुसार बसमा सवार ३७ जना भन्ने बुझिएको प्रहरी जानकारी दिएको छ । सबै घाइतेहरुको अवस्था सामान्य रहेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच