न्यायाधीश नियुक्तिमा बेइमानी भइरहेको छ : मुख्यमन्त्री सिंह

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले न्यायाधीश नियुक्तिमा बेइमानी भइरहेको आरोप लगाउनुभएको छ ।

मधेस प्रदेशको जनकपुरधाममा भएको प्रदेशस्तरीय कानूनी सहायता सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले न्यायाधीश नियुक्ति हुँदा मधेसी कोटा रहे पनि सोअनुसार नियुक्ति हुन नसकेको बताउनु भयो । उहाँले मधेसीहरुको योग्यता नपुगको भए सुधार गर्नुपर्ने भन्दै यथार्थ जानकारी दिन संघ सरकारसँग माग गर्नुभयो । उहाँले मधेसमा शिक्षाको स्थिति नाजुक बनिसकेको भन्दै शिक्षामा सुधार गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो मधेस प्रदेशको शिक्षा स्थिति यस्तो भइसक्यो की अब हाम्रो मधेस प्रदेशको शिक्षा स्थिति कोमामा पुगिसकेको छ । यो कोमाबाट निकाल्नका लागि माथिदेखि तलसम्म अब सोचको परिवर्तन गर्नुपर्छ । न्यायाधीश नियुक्ति हुँदा त्यहाँ कतै कतै मधेसी कोटाहरुमा बेइमानी जस्तो भएको महशुस भइरहेको छ । संघीय मन्त्रीज्यु यहाँ हुनुहुन्छ, यहाँका न्यायाधीशको क्वालिटी नै भएन की भन्ने हो भने त्यसमा सुधार गर्नुपर्छ । बिस्तारै हामी सुधारतिर लैजानुपर्छ ।’

मुख्यमन्त्री सिंहले बालविवाह मधेस प्रदेशमा मुख्य चुनौतिको विषय बनेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?