बाँके । दुर्लभ वन्यजन्तु नीलगाई मारेको आरोपमा बाँकेमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राप्तीसोनारी गाउँपालिका–६ का ५२ वर्षीय सुरेशशमसेर राणा र ७७ वर्षीय लालबहादुर थारु छन् । मंसिर १६ गते चोरी सिकारी गरी नीलगाई मारेको सूचना महिमानपुर सब डिभिजन कार्यालयका वन अधिकृत रामगणेश साहले आफुलाई जानकारी पाएको बताउनु भएको छ ।
राणा २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट सोही वडाको वडाध्यक्षका प्रत्यासी थिए । थारु पनि कांग्रेसका स्थानीय नेता हुन् । सुचना पाएपछि सुरक्षाकर्मीसहितको टोली खोजीको लागि खटिएको थियो । पक्राउ परेकाहरु माथि म्याद थप भइ आवश्यक अनुसन्धान भइरहेको छ ।
नील गाईको चोरी सिकारी कार्यमा दुई जना मात्रै पक्राउ परेपनि अरुपनि संलग्न रहेको वन अधिकारीहरुको भनाई रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच