क्रान्तिकारीहरुको लडाईं अझै टुंगिएको छैन : अध्यक्ष दाहाल

हिमालय टाइम्स
Prachanda
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले क्रान्तिकारीहरुको लडाईं अझै नटुंगिएको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा गणतन्त्र सेनानी सम्मान-२०८१ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । जनताका लागि गणतन्त्र बनाउन अझै बाँकी रहेको उहाँको भनाइ छ । उहाँले जनयुद्ध उत्कर्षतिर जाँदै गर्दाका प्रमुख राजनीतिक दलहरु नै अहिले सत्तामा रहेको उल्लेख गर्दै गणतन्त्र खतरामा रहेको संकेत गर्नुभयो ।

उहाँले आफूहरु अहिले पनि जनयुद्धताका जस्तै विपक्षमा रहेको बताउनु भयो । उहाँले सबै कम्युष्टिहरु एक हुनुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले देशलाई गणतन्त्रमा रहनबाट कसैले रोक्न नसक्ने दाहालको टिप्पणी थियो ।

उहाँले भन्नुभयो, ‘हाम्रो लडाईं टुंगिएको छैन, हाम्रो लडाईं जारी नै छ । हामी जतिबेला जनयुद्धको उत्कर्षतिर जाँदै थियौँ । राज्यमा अहिले सरकारमा भएका प्रमुख भनिएका पार्टीहरु नै सरकारमा थिए । सत्तामा थिए । हामी क्रान्तिमा थियौँ, अर्को भाषामा भन्ने हो भने उनीहरु सत्तामा थिए, हामी त्यसका विद्रोही पक्ष थियौँ । त्यसको बिरोधी पक्ष थियौँ, प्रतिपक्ष थियौँ पनि भन्न सकिन्छ । अहिले घुम्दै परिस्थिति त्यही दिशातिर जाँदैछ । म तमाम कमाण्डर कमरेडहरुलाई, डेपुटि कमाण्डरदेखि अन्य कमाण्डरहरुलाई विशेष रुपले ध्यानाकर्षित गर्न चाहन्छु । हामी फेरि एकचोटि प्रतिक्रियावादी र बुर्जुवाहरु सत्तामा छन्, हामी क्रान्तिकारीहरु प्रतिपक्षमा छौँ । हामी त्यही किसिमको विद्रोहमा फेरि छौँ । परिस्थिति नयाँ ढंगले हामीले उहिल्यै आँकलन गरेको जस्तै गणतन्त्रमा त यो देशलाई अब कसैले रोक्न सक्दैन ।’

अध्यक्ष दाहालले क्रान्तिकारीहरुले जनताको गणतन्त्र बनाउनेतिर फेरि एउटा लडाईं लड्नुपर्ने आवश्यकता देखिएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
मैथिली साहित्यका वरिष्ठ साहित्यकार डा. रेवतीरमण लालको निधन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारको कार्यलाई प्राथमिकतामा राख्ने काँग्रेसको निर्णय दिक्तेल बजारको बेसक्याम्पमा द्वन्द्वकालीन विस्फोटक पदार्थ फेला गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक पार्कको शिलान्यास भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन ११ वर्षपछि पुनः सुरु संविधान कार्यान्वयन नै नगरी संशोधनको बहसमा पुग्यौँः जीवन परियार मदन पुरस्कार वीणा राजभण्डारी र जगदम्बाश्री किरण खरेललाई जलवायु अनुसन्धानमा नीतिगत झमेला र लगानी अभाव मुख्य चुनौती : सांसद रेग्मी न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी परराष्ट्रमन्त्री खनाल र कोरियाली विदेशमन्त्री छोबीच भेटवार्ता