एनपीएल : लुम्बिनी लायन्सविरुद्ध विराटनगरको रोमाञ्चक जीत

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले पहिलो जित हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १९२ रनको लक्ष्य विराटनगरले १९ दशमलव ५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो ।

तीन बलमा दुई चौका र १ छक्कासहित १४ रन बनाएर क्रिस सोलले विराटनगरलाई जित दिलाउन सफल भए । अन्तिम ओभरमा १६ रन आवश्यक रहेको बेला सोलले १ बल बाँकी छँदै टिमलाई जीत दिलाए ।

विराटनगरको जीतमा ओपनर ब्याट्सम्यान लोकेश बमको महत्त्वपूर्ण भूमिका रह्यो । ३ चौका र ६ छक्काको मद्दतले बमले ४७ बलमा ७१ रन बनाए । ​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?