रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सा जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।

वीरगञ्ज महानगरपालिका-६ आदर्शनगरमा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको प्रकरणमा अनुसन्धान गर्न रवि लामिछाने, छविलाल जोशी, जीबी राईसहित १४ जनालाई पक्राउ गर्न जिल्ला अदालत, पर्साले पक्राउ अनुमति दिएको हाे ।

सानो पाइलाबाट गोर्खा मिडियामा साढे ८ करोड रूपैयाँ लगेर अपचलन गरेको देखिएको छ । सानो पाइला सहकारीका पूर्वसंञ्चालक तथा संरक्षक जीबी राई हुन् । तत्कालिन वीरगन्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो ।

पर्सा प्रहरीका अनुसार सानो पाइलाबाट गैरकानूनी रूपमा रकम सार्दा गोर्खा मिडियामा रवि लामिछाने प्रबन्ध निर्देशक थिए । गत कात्तिक २ मा पक्राउ परेका लामिछानेको हाल चितवनमा बयान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?