संसदीय समितिले निकुञ्जहरुमा देखिएका समस्या र समाधानका उपायसहित सरकारलाई प्रतिवेदन बुझाउने

काठमाडाैं । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले राष्ट्रिय निकुञ्जहरुको अवलोकन भ्रमणका क्रममा देखिएका समस्या र समाधानका उपायसहित सरकारलाई सुझाव प्रतिवेदन बुझाउने भएको छ ।

बुधवार सिंहदरबारमा बसेको बैठकमा समिति सभापति मायाप्रशाद शर्माले हालै अवलोकन भ्रमणका क्रममा निकुञ्जहरुमा देखिएका समस्याहरुलाई समेटेर ऐन र नियमावली बनाउने गरी सुझावको रुपमा सरकरलाई प्रतिवेदन बुझाउने बताउनुभएको हो । उहाँले अवलोकन भ्रमणका क्रममा देखिएका समस्याहरु र समाधानका उपायहरु समितिले औंल्याइदिने उल्लेख गर्दै त्यसको कार्यान्वयन गर्ने दायित्व राज्यको भएको बताउनु भयो । समितिले भ्रमणका क्रमम अधिकांश निकुञ्जहरुमा सडकको समस्या रहेको पाइएको उहाँको भनाइ छ ।

सभापति शर्माले भन्नुभयो, ‘राष्ट्रिय निकुञ्जहरुका सम्बन्धमा देखा परेका समस्याहरु अन्तरम्बन्ध र अन्तरविरोधका कुराहरु, विकास र वित्तियका सम्बन्धमा अझै धेरै कुराहरु उठेका छन् । तिनै शिर्षकमा समस्याहरुलाई केन्द्रिकृत गरेर भन्ने विषयमा केन्द्रित गर्‍यौं भने रामो होला जस्तो लाग्छ । हामीले समस्या देखाइदिने हो हल गर्ने दायित्व राज्यको हे । जस्तै निकुञ्जहरुमा सडकको समस्या छ, खानेपानीको समस्या छ । सडकहरुलाई कसरी मिलाउने र अवलोकनका क्रममा आएका समस्याहरुलाई केन्द्रित गर्‍यौं भने सरकारलाई काम पनि सजिलो हुन्छ । त्यस्तै राष्ट्रिय निकुञ्ज ऐन बनाउने कुरामा पनि सरकारलाई सुझाव दिनुपर्छ । विभिन्न निकुञ्जका सवालमा कार्यविधिहरु फरक भएपनि ऐन त एउटै हुने होला । ऐनमा के लेख्ने सरकारले लेख्नेकुरा भयो । ऐनमा समेट्ने विषयहरु हामीले सुझाव दिन्छौं ।’

राष्ट्रिय निकुञ्जहरुको संरक्षण र व्यवस्थापनका लागि सरकारलाई आवश्यक सुझाव दिने उहाँको भनाइ छ । बैठकमा राष्ट्रिय सभा सदस्य रेनु चन्दले राष्ट्रिय निकुञ्जहरुको नीतिगत र व्यवहारिक सुधारमा सरकारले काम गर्नुपर्ने बताउनु भयो । उहाँले सबै निकुञ्जहरुका साझा र विशिष्ट खालका समस्याहरुबारे सरकारलाई सुझावको रुपमा दिनुपर्ने उहाँको धारणा थियो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय निकुञ्जहरुको नीतिगत र व्यवहारिक सुधारमा काम गर्नुपर्ने हुन्छ । सबै निकुञ्जका साझा समस्याहरु के हुन् ? अध्ययनबाट आएका विषयहरु मिलाएर समाधान गर्न सकिने कुराहरु सुझावका रुपमा दिनुपर्छ । विशिष्ट खालका समस्याहरुलाई छुट्टै रुपमा राख्नुपर्दछ । अब बन्न लागेका निकुञ्जसम्बन्धी ऐन र नियमावलीलाई सहयोग पुग्ने गरि हामीले काम गर्नुपर्‍यो ।’

अवलोकन भ्रमणका क्रममा देखिएका समसयाहरुको समधानकन लागि समितिले महत्वपूर्ण भुमिका खेल्नुपर्ने उहाँको भनाइ छ ।
बैठकमा राष्ट्रिय सभा सदस्य गोमादेवी तिमिल्सिनाले तिहारको रौनक र आवश्यक समन्वयन गर्न नसकिएको कारण प्रभावकारी रुपमा छलफल बहस गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । अवलोकन भ्रमण गरिएका निकुञ्जहरुमध्ये चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल बढि भएका कारण धेरै कुरा बुझ्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले जतिवटा निकुञ्जमा अध्ययन भ्रमण गर्‍यौं, त्यसमा चितवनमा अझै अपुरो रहेको महशुस भएको छ । चितवनमा हामीले खासमा वाडेनसँग मात्रै छलफलहरु गर्‍यौं । सरोेकारवाला सबैसँग छलफल गर्न पाएनौं । क्षेत्रफल बढी भएका करण पनि हामीले धेरै अध्ययन गर्न पाएका छैनौं । यहाँ बैठकमा थप छलफल गरौं ।’

हिमाली भेगहरुमा मौसमको कारणले अवलोकन गर्न समस्या भएको उल्लेख गर्दै उहाँले यसबारे विस्तृत छलफल गरेर मात्र प्रतिवेदन बनाउनुपर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?