सत्र किलो लागूऔषध गाँजासहित २ जना पक्राउ

मन्जिता मैनाली मकवानपुर, संवाददाता
Read Time = 2 mins

मकवानपुर । प्रहरीले १७ किलो ६०० ग्राम लागू औषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर राक्सीराङ-५ ढुङगुखोला स्थित खोलाको बगरबाट उक्त गाजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीकाअनुसार ढुङगुखोलास्थित खोलाको बगरमा शंकाष्पद रुपमा झोला बाेकी हिडिरहेका जिल्ला पर्सा पर्सागढी नगरपालिका -८ बस्ने बर्ष ४६ को देवीलाल सहनी र सोही नगरपालिका-१ बस्ने बर्ष ३२ को राम नारायण रामलाई फेलापारी निजहरुको शरीर तथा बोकेको झोला समेतको खानतलासी गर्दा झोला भित्र लुकाई छिपाई गरी ल्याईएको अवस्थामा १७ किलो ६०० ग्राम लागूऔषध गाँजा फेला परेको हो ।

उक्त लागूऔषध गाँजासहित देवीलाल सहनी र राम नारायण रामलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट दिन ७ म्याद थप गरि अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?