विद्यार्थी विदेशिने समस्या डरलाग्दो छ : सभापति देउवा

काठमाडाैं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संघीय शिक्षा ऐन छिटो ल्याउन पहल गर्ने बताउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पार्टीको शिक्षा विभागले आयोजना गरेको शिक्षा नीति बहसबारे बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय मुलुकमा संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा सम्बन्धीको ऐन ल्याउने विषयले निकै चर्चा पाएको उल्लेख गर्नुभयो । उहाँले यि तीन वटै विधेयकहरु छिटो ल्याउन काँग्रेसले पहल गर्ने बताउनु भयो ।

उहाँले पछिल्लो समय कक्षा १२ उत्तिर्ण हुने बित्तिकै विद्यार्थी विदेशिने समस्या डरलाग्दो रुपमा देखिएको बताउनु भयो । उहाँले मुलुकमा सञ्चालित क्याम्पसहरु विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेको बताउनु भयो । नेपाललाई नै विदेशी विद्यार्थीका लागि गन्तव्यमुलुक बनाउनुपर्नेमा नेपाली विद्यार्थी नै विदेश पलायन हुनु दुःखद् भएको बताउनु भयो । युवालाई स्वदेशमै रहने वातावरण बनाउन शिक्षालाई रोजगारीसित जोड्न आवश्यक रहेको बताउनु भयो । यसका लागि विद्यालय तहदेखि नै विश्वविद्यालय तहसम्मका पाठ्यक्रम समयअनुसार परिवर्तन र परिमार्जन गर्न आवश्यक भएको सभापति देउवाको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समय मुलुकमा संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा सम्बन्धीको ऐन ल्याउने विषयले निकै चर्चा पाएको छ । यो मुलुकको अति आवश्यकता पनि हो । यि ऐन जतिसक्दो छिटो ल्याउनका लागि पार्टीले पहल गर्ने नै छ । पछिल्लो समय कक्षा १२ उत्तिर्ण हुने बित्तिकै विद्यार्थी विदेशिने समस्या डरलाग्दो देखिएको छ । मुलुकमा सञ्चालित क्याम्पसहरु विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेको कुरा पनि आइरहेको छ । यि र यस्तै समस्याहरुको समाधानको ठोस उपाय खोज्नको लागि यस्ता वहस र कार्यक्रमहरुलाई निरन्तरता दिनु आजको आवश्यकता हो । नेपाललाई नै विदेशी विद्यार्थीका लागि गन्तव्यमुलुक बनाउनुपर्नेछ । यसका लागि सबै सम्भावना हुँदाहुँदै पनि नेपालबाट विद्यर्थी बाहिरिरहेका छन् । यो सोचनीय विषय हो । युवालाई स्वदेशमै रहने वातावरण बनाउन शिक्षालाई रोजगारीसित जोड्न आवश्यक छ । यसका लागि विद्यालय तहदेखि नै विश्वविद्यालय तहसम्मका पाठ्यक्रम समयअनुसार परिवर्तन र परिमार्जन गर्न आवश्यक छ ।’

सभापति देउवाले अबको ४०÷५० वर्षको अनुमान गरेर मुलुकले अवलम्वन गर्नुपर्ने शिक्षा नीति निर्माण गर्नुपर्ने बताउनु भयो । उहाँले शिक्षामा रुपान्तरण, शिक्षामा बजेट वृद्धि गर्न जरुरी रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?