हिमाली जडिबुटीहरुको संरक्षण र दिगो व्यापार परियोजना गोष्ठी सम्पन्न

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 5 mins

हुम्ला । जिल्ला सदरमुकाम सिमकोट तल्लो बजारमा हिमाली जडिबुटीहरुको संरक्षण र दिगो व्यापार परियोजना सम्बन्धि एक दिने गोष्ठी सम्पन्न भएको छ । सामुदायिक उपभोक्ता महासंघ जिल्ला अध्यक्ष राजेन्द्र कार्की र एन्साबका केन्द्रिय सदस्य डाक्टर मदन कोइरालाको प्रमुख आथित्यमा उक्त गोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रममा डिविजन वन कार्यालयका वन अधिकृत चन्द्रविर गुरुङ, उद्योग बाणिज्य संघ हुम्लाका उपाध्यक्ष छक्क रोकाया, आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाका प्रमुख चाहना शर्मा, उद्योग तथा उपभोक्त हित संरक्षण कार्यालयका हिरा शर्मा, जिल्ला प्रशासनका ज्ञानी सुनार लगायत जिल्लाका विभिन्न सामुदायिक वनका अध्यक्ष लगायत अन्यको समेत उपस्थित रहेको थियो ।

दिगो कृषि तथा जैविक श्रोतका लागि र एसियाली स ञ्चालन (एन्साब) का चण्डिका चम्गाइले हिमाली जडिबुटीहरुको संरक्षण र दिगो व्यापार परियोजनाका विषयमा जानकारी गराउनुभएको थियो । हिमाली जिल्लामा पाइनृ विभिन्न जडीबुटीहरुको संरक्षणका साथै दिगो व्यापारका विषयमा उहाँले जानकारी गराउनुभएको थियो । एन्साब नेपाल गैरसरकारी संस्था नेपालमा १९९२ मा लागुभएको र हिमाली जिल्ला हुम्लामा १९९५ मा लागुभएको हो ।

जडीबुटी संरक्षण र यसको व्यापारका साथै फाइदाका विषयमा नेपालका हिमाली २७ जिल्लामा लागुभएको छ । भने विषेश गरी हिमाली दश जिल्लामा यसले आफ्नो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

एक जना व्यक्तिलाई लाभ हुनु भन्दा समाज र समुन्नत हुन सकेमा राम्रो हुने आयुर्वेद कार्यालयका प्रमुख चाहना शर्माले बताउनुभयो । बाहिर देशबाट औषधि भित्र्याउनुभन्दा नेपालमा पाइने विभिन्न महत्वपूर्ण जडीबुटीमा औषधि बनाउनुका साथै अन्तराष्टिय स्तरको मापदण्ड र भण्डार गर्न सकेमा लाभ हुने प्रमुख शर्माले बताउनुभयो ।

दिगो व्यापार र दिगो व्यवसायमा भावीका आउने पुस्ता बन्चीत नहुनु पर्ने डिविजन वन कार्यालयका प्रमुख चन्द्रविर गुरुङले बताउनुभयो । हामीले दिगो व्यापार, संरक्षणका लागि तीनवटा स को आवश्यक पर्ने डिविजन अधिकृत गुरुङले बताउनुभयो ।

दिगो विकास प्रकृतिका महत्व पूर्ण जडीबुटी भएका क्षेत्रमा हुने एन्साबका केन्द्रि सदस्य मदन कोइरालाले बताउनुभयो । हुम्ला प्रकृतिले दिएका धेरै महत्वपूर्ण कुरा भएपनि त्यो लाभ लिनबाट हुम्ली जनता बन्चित भएको उहाँले बताउनुभयो । हुम्ला कस्तुरीको विना जस्तै भएको बताउनुभयो । आफुसँग विना छ कहाँ कहाँ बास्ना आउछ भनेर कुदी रहेको कोइरालाको भनाई थियो ।

यस्तै सामुदायिक वन महासंघ नेपाल जिल्ला अध्यक्ष राजेन्द्र कार्कीले हुम्लाका चारवटा गाउँपालिकामा दिगो विकास र हिमाली जडीबुटीलाई कसरी अगाडी बढाउने भनेर लागि परेको बताउनुभयो । जिल्लाका सिमकोट, खार्पुनाथ, चंखेली र सर्केगाडमा पाइने ११ वटा जडीबुटीको संरक्षणमा लागि परेको अध्यक्ष कार्कीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?