काठमाडाैं । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले आफ्नो बलिङ युनिट चुकेसँगै लोकेश बम र बसिर अहमदबीचको साझेदारी नै हारको पक्ष रहेको बताउनुभएको छ ।
विराटनगर किङ्ससँगको हारपछि लुम्बिनीका कप्तान रोहितले आफ्नो बलरको राम्रो प्रदर्शन हुन नसक्नुको साथै लोकेश र बसिरको उत्कृष्ट ब्याटिङ पनि हारको महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्नुभयो । रोहितले बेन कटिङले बलिङ नगर्ने भनेपछि उनलाई अवसर नदिइएको बताउनु भयो । साथै दुर्गेश र सिमोन्ड्सले राम्रो बलिङ गरेको रोहितको भनाइ छ ।
उहाँले बसिर र लोकेशबीचको साझेदारीले खेल टाढा लगेको उल्लेख गर्नुभयो । रोहितले बलिङ युनिट कमजोरी देखिए पनि आगामी खेलमा सुधार हुने आशा गर्नुभएको छ । विराटनगरका ओपनर लोकेशले आज खेल जिताउँछु भन्ने आत्मविश्वासका साथ आएको र सोहीअनुरूपमा खेल्न सकेको पनि बताए । उनले अघिल्ला दुई खेलमा राम्रो गर्न नसकेको हुँदा आज राम्रो गर्नुपर्छ भन्ने लक्ष्यसहित आएको पनि बताउनु भयो ।
उहाँले सोहीअनुरूप शुरुदेखि नै राम्रो शुरुवात दिलाएको बताउनु भयो । आकिब इलियासले आफ्नो स्ट्रेन्थअनुरूप खेल्न सुझाव दिएको र सोहीअनुरूप आफूले प्रयास गरेको लोकेशको भनाइ छ । लोकेशले विकेटकिपङबाट आफूबाट केही गल्ती भएको र यसमा सुधार गर्नुपर्ने औंल्याउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच