काठमाडाैं । कर्णाली याक्सका सोमपाल कामीले लगातार दुई हारपछि दबाबभन्दा पनि कमब्याक गर्नका लागि जिम्मेवारी बढेको बताउनुभएको छ ।
काठमाडौं गुर्खाजसँगको हारपछि सोमपालले अब कसरी कम ब्याक गर्ने र म्याच जित्ने भन्ने जिम्मेवारी बढेको उल्लेख गर्नुभएको हो । उहाँले टर्निङ पोइन्ट नै डेथ ओभरमा राम्रो गर्न नसक्नु र २० रन जति कम भएको उल्लेख गर्नुभयो । १५० रन जतिको लक्ष्य सहज देखिएको पनि उहाँको भनाइ छ । उनले बलिङ र फिल्डिङमा सुधार गर्न सक्यो भने खेल जित्ने विश्वास व्यक्त गर्नुभयो ।
सोमपालले आफ्ना खेलाडीलाई नकराउन शिखर धवनबाट सुझाव आउने गरेको पनि उल्लेख गर्नुभयो । अघिल्लो दिन शिखरले अन्तिमसम्म ब्याटिङ गर्छु भन्ने भनेको र सोहीअनुरूप पनि खेलेको सोमपालको भनाइ छ । उहाँले अन्य क्रिकेटरलाई शिखरले सोहीअनुरूप खेल्न सिकाउने गरेको बताउनु भयो ।
काठमाडौंका कप्तान करणले बलिङमा शुरुवात राम्रो भएपनि बीचमा केही कमजोरी भएको बताउनु भयो । ब्याटिङमा पनि सुमित महर्जनमाथि आफूलाई विश्वास रहेको र सोहीअनुरूप उहाँले राम्रो खेलेको उहाँको भनाइ छ । उनले चौकाभन्दा पनि छक्का हान्न नै आफू अग्रसर हुने भएकाले अन्तिम आउट हुन पुगेको उल्लेख गर्नुभयो ।
कप्तान करणले आफ्नो टोलीमा बलिङ र ब्याटिङ दुवैमा राम्रो खेलाडी रहेको बताउनु भयो । उहाँले ट्रफी जित्ने लक्ष्यसहित आफ्नो टोलीले खेल्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच