मड्रिड । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सानदार जित दर्ता गरेको छ । मंगलबार राती भएको खेलमा बार्सिलोनाले मालोर्कालाई ५-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा राफिन्हाले २ गोल गर्दा फेरान टोरेस, फ्रेंक डी जोङ र पोउ भिक्टरले एक/एक गोल थप्नुभयो ।
मालोर्काका लागि भेडाट मक्युले १ गोल फर्काउनुभयो । पाहुना टोली बार्सिलोनाले १२औँ मिनेटमा अग्रता लिएको थियो । ४३औँ मिनेटमा भेडाटले गोल गरेपछि मालोर्काले पहिलो हाफ एक/एक एक गोलको बराबरीमा टुंग्याएको थियो ।
बार्सिलोनाले दोस्रो हाफमा आक्रामक खेल्दै थप ४ गोल गर्न सफल भयो । ५६औँ मिनेटमा राफिन्हाले पेनाल्टीमा गोल गरेपछि बार्सिलोना २-१ ले अघि बढेको थियो । ७४औँ मिनेटमा लामिन यमलको पासमा राफिन्हाले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गर्नुभयो । ७९औँ मिनेटमा फ्रेंक डी जोङ र ८४औँ मिनेटमा भिक्टरले एक/एक गोल गरेपछि अन्ततः बार्सिलोना ५-१ ले विजयी भएको हो ।
जितसँगै ला लिगाको तालिकामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले ४ अंकको अग्रता बनाएको छ । बार्सिलोनाले १६ खेलबाट ३७ अंक बनाउँदा दोस्रो स्थानमा रहेको रियल मड्रिडले १४ खेलबाट ३३ अंक बनाएको छ । बार्सिलोनासँग पराजित भएको मालोर्का भने २४ अंकका साथ तालिकाको छैटौँ स्थानमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच