काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टो नेपाल आउनुभएको छ । उहाँ मंगलबार साँझ काठमाडौं आइपुग्नुभएको हो । उहाँलाई कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र कन्सलटेन्ट कोच राजु बस्नेतले विमानस्थलमा स्वागत गर्नुभएको थियो ।
३१ वर्षीय बोसिस्टोले फस्र्ट क्लास, लिस्ट ‘ए’ र टी-२० प्रतियोगिता खेल्नुभएको छ । त्यसैगरी उहाँले अस्ट्रेलिया यू-१९ टोलीबाट कप्तानी गर्दै सन् २०१२ को विश्वकप पनि खेल्नुभएको छ ।
उहाँले फस्र्ट क्लास क्रिकेटमा २८ खेल खेल्दै कुल ११०० भन्दा धेरै रन बनाउनुभएको छ । त्यस्तै अफब्रेक बलिङ गर्ने उहाँले १७ विकेट पनि लिनुभएको छ । सबैखाले टी-२० का ११ खेलमा उहाँले १०२ रन बनाउनुभएको छ भने एक विकेट लिनुभएको छ । उहाँले बिग ब्यास लिग बिबिएलमा पर्थ स्कोर्चर्स टिमबाट खेलिसक्नुभएको छ ।
कर्णालीका अन्य विदेशी खेलाडीमा भारतका शिखर धवन, हङकङका बाबर हायात, वेस्ट इण्डिजका चाडविक वाल्टन र ओमानका जिसम मक्सुद हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच