काठमाडौं । एनप्याब्सन काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा सातौं एनप्याब्सन खेलकुद सप्ताह शुक्रबारदेखि हुने भएको छ । खेलकुद सप्ताहमा विभिन्न चार खेलको प्रतिस्पर्धा हुने कार्यक्रम आयोजकका उपाध्यक्ष अत्तिरिक्त क्रियाकलापका संयोजक प्रेमकुमार भुजेलले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । फुटसल, बास्केटबल, कबड्डी र तानडोरीमा छात्र/छात्रातर्फ प्रतिस्पर्धा हुनेछ ।
चारै खेलका लागि संयोजक पनि तोकिएको छ । फुटसलमा गोकर्णेश्वर नगर प्याब्सनका अध्यक्ष निराजन आचार्य, बास्केटबलमा आयोजकका उपाध्यक्ष माधव अधिकारी, कबड्डीमा आयोजकका पूर्व उपाध्यक्ष श्याम योञ्जन र तानडोरीमा आयोजकका उपाध्यक्ष नारायणबाबु तिमल्सिनालाई संयोजक तोकिएको छ ।
फुटसल कमलादीस्थित युनिग्लोब कलेज, बास्केटबल कपनको सरस्वतीनगरस्थित एपेक्स लाइफ स्कुल, कबड्डी र तानडोरी भीमसेनगोलास्थित आदर्श मावि खेलाइने छ ।
खेलकुद सप्ताहमा १२० भन्दा बढी विद्यालयको सहभागिता रहने आयोजकका अध्यक्ष अमृत खड्काले जानकारी दिनुभयो । उद्घाटनको मार्च पास्टमा शीर्ष तीन स्थानमा रहने विद्यालयलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार नगद पुरस्कार प्रदान गरिने छ । पहिलो दिन उद्घाटन समारोह मात्र हुनेछ । मंसिर २९ गतेसम्म चल्ने खेलकुद सप्ताह सञ्चालन गर्न करिब सात लाख रुपैयाँ खर्च हुने संयोजक भुजेलले जानकारी दिनुभयो ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध