काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा नेपालमा दुईवटा अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भएको छ । संघका कोषाध्यक्ष तिलक पाण्डेका अनुसार पुस ८ देखि ११ नेपाल इन्टरनेसनल च्यालेन्ज २०२४ हुने छ । यसैगरी यो प्रतियोगिता सकिएको भोलिपल्टदेखि नेपाल इन्टरनेसनल जुनियर प्रतियोगिता पनि हुने छ ।
वल्र्ड ब्याडमिन्टन र ब्याडमिन्टन एसियाको प्रायोजन तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा हुन लागेको प्रतियोगितामा नेपालसहित २२ देशका खेलाडीले सहभागिता जनाउने छन् । प्रतियोगितामा नेपालसहित भारत, बंंगलादेश, अमेरिका, क्यानाडालगायतका राष्ट्रले सहभागिता जनाउने कोषाध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।
सिंगल्स र डबल्सका विजेताले एक हजार २०० डलर प्राप्त गर्दा उपविजेताले ७२०, सेमिफाइनल पुगेकाले ३०० र क्वाटरफाइनलबाट बाहिरिनेले १२० डलर पाउने छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच