काठमाडौं । विगत ६ वर्षदेखि निरन्तर फेशन डिजाइनमा आफूलाई संलग्न गराउँदै आउनुभएको छ पदमबहादुर केसीले । स्याङ्जा आधिखोला-५ बुबा मुक्तबहादुर र आमा जमुना केसीको कोखबाट जन्मिनुभएका पदम आफ्ना क्रियशनमार्फत चर्चा बटुल्न सफल हुनुभएको छ ।
सानैदेखि केही फरक गर्ने सोच भएका कारण यो क्षेत्रमा होमिएको बताउनुुहुने पदमबहादुर आफ्नो पेशामार्फत देशलाई अन्तर्राष्ट्रिय चिनाउने आफ्नो लक्ष्य रहेको बताउनुहुन्छ । नयाँ-नयाँ स्टाइलमा कसरी फेशन डिजाइन गर्न नै आफ्नो बढी समय बित्ने गरेको बताउनुहुने उहाँ यसका अलवा देशका विभिन्न ठाउँको भ्रमण गर्ने आफ्नो रुचि रहेको सुनाउनुहुन्छ ।
फेशन डिजाइनहरू सांस्कृतिक, सामाजिक व्यवहारबाट प्रभावित हुन्छन् र समय, स्थानमा परिवर्तन हुने उहाँ बताउनुहुन्छ । ‘फेशन डिजाइन एक क्षेत्र हो जसले गतिशील भूमिकाका साथै मानिसहरूलाई आफ्नो रचनात्मकता र प्रतिभा व्यक्त गर्न धेरै अवसर प्रदान गर्दछ’, उहाँ भन्नुहुन्छ । फेशन डिजाइन कपडा र सामानहरूमा डिजाइन र सौन्दर्य महसुस गर्ने कला रहेको बताउनुहुने उहाँ पछिल्लो समय नेपालीहरूमा पनि फेशन डिजाइनप्रति लगाब बढ्दै गएको बताउनुहुन्छ ।
फेशनमा हाम्रो कला संस्कृतिलाई जोडेर यसलाई अन्तर्राष्ट्रि पिलेटर्फमहरूमा लैजान आफू लागि रहेको उहाँको भनाइ छ । पदम यस क्षेत्रमा अब्बल फेशन डिजाइनर रहेको यस क्षेत्रका व्यक्तिहरू बताउछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच