काठमाडौं । चलचित्र ‘कार्साङ’ले टिजर सार्वजनिक गरिएको छ । पुस २६ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रको बुधबार निर्माणपक्षले टिजर सार्वजनिक गरेको हो । सार्वजनिक टिजरमा धामी बसेको दृश्य, गरिबी, अभाव, निःसन्तान दम्पतीको कथा देखाइएको छ । सन्तान नजन्मिएपछि श्रीमान्-श्रीमतीले एकअर्कालाई गर्ने दोषारोपण टिजरमा देख्न सकिन्छ । नयाँ लुगाका लागि सन्तानले गर्ने अपेक्षा र त्यो पूरा गर्न नसक्ने अभिभावकको तनाव टिजरमा देखिन्छ ।
टिजरले गरिबीका कारण कसरी आममान्छे आफ्नै दाजुभाइ र समाजबाट हेपिन्छन् त्यसको कथा ‘कार्साङ’ले भन्ने संकेत गरेको छ । यम शेर्पाको डेब्यु निर्देशन रहेकोे ‘कार्साङ’मा कथा पनि निर्देशक स्वयंले लेख्नुभएको हो ।
चलचित्रमा अभिनेता दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा हृयोल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ । यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रमा पुरुषोत्तम प्रधान छायांकार हुनुहुन्छ । उहाँ चलचित्रको निर्माता पनि हुनुहुन्छ ।
चलचित्रको सहनिर्माता गोविन्द बोहरा हुनुहुन्छ भने कार्यकारी निर्माता आङछिरिङ शेर्पा रहनुभएको छ । हर्क साउद र डीपी खनालको शब्दमा मनोज थापामगर, एसडी योगी, रेश्मा पुनलगायतको संगीत रहेको ‘कार्साङ’लाई नेपालमा आरआर फिल्मस्ले वितरण गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच