रुन्टिगढि-४ का नवनिर्वाचित वडा अध्यक्ष पुनद्वारा पद तथा गोपनियताको सपथ संगै पदभार ग्रहण

हिमालय टाइम्स

रोल्पा । रोल्पामा मंसिर १६ गते सम्पन्न उप निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित वडा अध्यक्ष भुपमणि पुन मगरले पद तथा गोपनियताको सपथ लिँदै पदभार ग्रहण गर्नु भएको छ । बुधबार रुन्टिगढि गाउँपालिकाका अध्यक्ष जनक पुनले एक कार्यक्रमकाबीच नव निर्वाचित वडा अध्यक्ष पुन मगरलाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।

सपथ ग्रहण लगत्तै वडा अध्यक्ष पुन मगरले वडा न. ४ को वडा अध्यक्ष पदको कार्यभार समेत ग्रहण भएको छ । पदभार ग्रहण गर्दै वडा अध्यक्ष पुनले जति सक्यो छिटो वडा स्थित मसिना स्वास्थ्य चौकीमा एक्सरे मेसिनको ब्यवस्थापन गरि वडा भरिका नागरिकहरुलाई निशुल्क रूपमा एक्सरेको सुबिधा दिने र वडामा हाल सम्म अपुरा, अधुरा रहेका सम्पुर्ण योजनाहरुको तथ्यांक तयार गरि यथासक्य सम्पन्न गर्नका लागि पालिका लाई अनुरोध गर्ने पहिलो निर्णय समेत गर्नु भएको छ ।

कार्यक्रममा पालिकाका उपाध्यक्ष सरिता केसी, प्रमुख प्रशासकीय अधिकृत धनी प्रसाद खड्का तथा वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु तथा पालिकाका विभिन्न शाखाका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
शेरबहादुर देउवाको हात भाँचिएको हल्ला निराधार : सचिवालय कोशी प्रदेश मन्त्रिपरिषद्का तीन महत्त्वपूर्ण निर्णय आईटी प्रतिस्पर्धामा पछि परेका छौँ, अब कमजोरी सुधार्छौँ : अध्यक्ष ओली दरबार हत्याकाण्डबारे अझै सत्य खुल्न बाँकी छ : ओली यी हुन् तीन प्रज्ञा प्रतिष्ठानको सिफारिस समितिमा मनोनीत छ सदस्य कविता: तीन घण्टी टिनिनी अमेरिका–इरान तनावबीच कूटनीतिक सम्बन्धमा दरार, कतार र पाकिस्तानसँग पनि बढ्यो तनाव मुख्य ढल निकास साँघुरिँदा उपत्यकामा डुबानको सास्ती नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा उत्साह, परिसूचक ७९.७४ अंकले बढ्याे बर्ड फ्लु नियन्त्रणपछि खुल्यो सदर चिडियाखाना (तस्बिर)