काठमाडाैं । दक्षिणी थाइल्याण्डमा भीषण बाढीका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ । ६ वटा प्रान्तहरू पानीको सतह बिस्तारै घट्दै गएको बताइएको छ ।
विपद् रोकथाम तथा न्यूनीकरण विभागले नोभेम्बर २२ यताको भारी वर्षा र अचानक आएको बाढीबाट १० प्रान्तका ६ लाख ६४ हजारभन्दा बढी घरपरिवार प्रभावित भएको बताएको छ । करिव २९ हजार मानिसलाई अस्थायी आश्रय स्थलमा सारिएको विभागले जनाएको छ ।
सरकारका प्रवक्ता शशिकर्ण वत्थानाचनका अनुसार थाइल्याण्डका प्रधानमन्त्री प्यातोङटार्न सिनावात्राले सम्बन्धित निकायलाई विपद् रोकथाम र राहत, जनस्वास्थ्य कर्मचारी, यातायात, साथै आपतकालीन अवस्थामा मानिसहरूलाई सहयोग गर्नका लागि मेसिनरी र उपकरणहरू तयार गर्न निर्देशन दिनुभएको छ ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच