काठमाडौं । नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्स संघको आयोजनामा राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगिता आयोजना हुने भएको छ । सूर्य प्लाइको मुख्य प्रायोजन रहने प्रतियोगिता आगामी शनिबार काठमाडौंको ठमेलस्थित जिएए हलमा हुन लागेको हो । आयोजक नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्स संघका अध्यक्ष सुकदेव कार्कीले प्रतियोगितामा देशभरका उत्कृष्ट ६३ जना खेलाडीले सहभागिता जनाउन लागेको बताउनुभयो । प्रतियोगितालाई आकर्षक र सहज बनाउन पुरुष खुला, महिला खुला र जुनियर गरी तीनवटा विधा समावेश गरिएको कार्कीले जानकारी दिनुभयो ।
प्रतियोगितामा पुरुष खुला विधाअन्तर्गत ६२ केजीमुनि, ६२ दशमलब १ केजीदेखि ६९ केजीसम्म, ६९ दशमलब १ केजीदेखि ७७ केजीसम्म, ७७ दशमलब १ केजीदेखि ८५ केजीसम्म र ८५ केजीमाथि गरी पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्यसैगरी महिला खुलामा ५८ केजी, ५८ दशमलब १ केजीदेखि ६४ केजीसम्म र ६४ केजीमाथि गरी तीन तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जुनियरअन्तर्गत २१ वर्षमुनि उमेर समूहबीच प्रतिस्पर्धा गराइने आयोजकले बताएको छ । कुल नौवटा तौल समूहमा खेलाडीबीच प्रतिस्पर्धा हुने अध्यक्ष कार्कीले बताउनुभयो ।
पुरुष र महिला खुला तथा जुनियरअन्तर्गत पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रो हुने खेलाडीले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको पुरुष विजेताहरूबाट सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीबाट नेपालको स्ट्रोङगेस्ट एथलिटको घोषणा गरिने र जनही ५० हजार रुपैयाँसहित ट्रफी, मेडलबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ । कार्यक्रमलाई नेपाली ब्राण्ड सूर्य प्लाइ, लाइफब्वाइ, सिद्धार्थ बैंक, भोग गार्मेन्ट, क्यालिबर सुज, पोषिलो फुड्स र एनवाइएफए एजुकेसन कन्सल्टेन्सीले सघाएका छन् ।
नेपालमा पावर लिफ्टिङ खेलको उत्थान र खेलाडीको विकास गर्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गर्न लागिएको संघका अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच