काठमाडौं । विगत १८ वर्षदेखि सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आएकोे सिटिजन्स बैंक इन्टरनेसनल विश्वको प्रतिष्ठित बैंक अफ द इयर २०२४ को अवार्डबाट लण्डनमा सम्मानित भएको छ । संयुक्त अधिराज्यस्थित द फाइनान्सियल टाइम्सले डिसेम्बर ४ मा आयोजना गरेको एक कार्यक्रमबीच सिटिजन्स बैंकलाई बैंक अफ द इयर २०२४ को अवार्ड प्रदान गरेको छ । बैंक सञ्चालक समिति अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकको प्रतिनिधित्व गर्दै बैंक अफ द इयर २०२४ को सम्मान ग्रहण गर्नुभएको थियो ।
समारोहमा सयभन्दा बढी देशका बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृतलगायतका अधिकारीहरू गरी तीन सयजनाभन्दा बढीको उपस्थिति रहेको थियो । बैंक सञ्चालक समितिका अध्यक्ष पाण्डेले बैंकिङ क्षेत्रको ओस्कार पुरस्कार मानिने विश्वको प्रतिष्ठित बैंक अफ द इयर २०२४ को अवार्ड बैंकले प्राप्त गर्न सफल भएकोमा अत्यन्त गौरवान्वित महसुस भएको भन्दै आगामी दिनमा अझ उत्कृष्ट प्रविधिमैत्री आधुनिक बैंकिङ सेवा सुविधा ग्राहकमाझ ल्याउन हौसला मिलेको बताउनुभयो ।
प्रमुख कार्यकारी अधिकृत पोखरेलले अवार्ड प्राप्ति सम्पूर्ण सरोकारवाला निकायको सहयोग एवं कर्मचारीको अहोरात्र मिहिनेतबाट सम्भव भएको भन्दै आगामी दिनमा अझ उत्कृष्ट कार्यसहित सुशासन, प्रुडेन्ट बैंकिङ र हरित बैंकिङका सेवा सुविधामा थप बल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । द फाइनान्सियल टाइम्सले वार्षिकरूपमा विभिन्न देशका बैंकले गर्ने कार्यसम्पादन एवं गतिविधि मध्यनजर गर्दै बैंक अफ द इयरबाट सम्मानित गर्ने गरेको छ । सोहीअनुरूप वर्ष २०२४ को अवार्ड सिटिजन्स बैंकले प्राप्त गर्न सफल भएको हो ।
अवार्डबाट सम्मानित हुने बैंकहरूको वार्षिक सूची द फाइनान्सियल टाइम्सको म्यागजिन द बैंकरमार्फत् प्रकाशित हुने गरेको छ । सिटिजन्स बैंकले हालैमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार भौतिक कार्डबिनै मोबाइलमार्फत् स्क्यान गरी क्रेडिट कार्ड सुविधा उपभोग गर्न सकिने विशेषता भर्चुअल क्रेडिट कार्डमा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच