जबसम्म हामीले कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा गम्भीर ध्यान दिँदैनौं तबसम्म बिग्रँदो आर्थिक अवस्थाबाट हामीमाथि उठ्न सक्तैनौं । ठूला ठूला उद्योग र कलकारखानाको कल्पनाभन्दा आफैंसँग भएका वा उपलब्ध स्रोतसाधनको समुचित उपयोगतिर लाग्नु श्रेयस्कर हुन्छ । पहिले पहिले भन्ने गरिन्थ्यो उत्तम कृषि, मध्यम व्यापार र अधम जागिर । पेशामा कृषि नै उत्तम मानिन्थ्यो तर जुन बेलादेखि नेपालले कृषिमा यथोचित ध्यान दिन छोड्यो त्यस समयदेखि नेपाल आर्थिक दृष्टिले ओरालो लाग्न सुरु गर्यो । कृषिमा सरकारहरूको उचित ध्यान जान नसक्दा आज नेपाल पूर्णरूपले परनिर्भरतामा बाच्न बाध्य भएको छ ।
पहिलो जनक्रान्तिले मानिसहरूमा आर्थिक सामाजिक र शैक्षिक जागरण ल्याए पनि प्रगतिका पाइला यथोचित ढंगले अघि बढ्न सकेनन् । कृषि क्षेत्रमा सुधार आउनुको सट्टा बिस्तारै ओरालो लाग्न थाल्यो । पढेलेखेका युवाहरू खेतपाखोमा काम गर्नु हुँदैन भन्ने जस्ता धारणा देखिए । जसले गर्दा कृषि पेशाप्रति नकारात्मक असर पर्न गयो । यसमा राज्य पनि नराम्रोसँग चुक्यो । शिक्षित युवाहरूमा हलो जोत्नु र कुटोकोदालो गर्नै हुँदैन भन्ने सोच बढी नै देखिन पुग्यो । देशमा कृषि क्याम्पसहरू स्थापना भए र कृषि पढेका युवा शारीरिक रूपले खेतबारीमा पाइलै नटेक्ने भए ।
तीन खम्बे नीति नयाँ त नभनौं तर राज्यको प्राथमिकतामा नपरेको कृषिलाई उच्च स्थानमा राखेर अघि बढ्नुपर्छ । त्यस्तै कहिल्यै नसकिने अनन्त सम्भावना बोकेको पर्यटन उद्योगलाई नेपालमा आकर्षणको केन्द्र बिन्दु बनाउनुपर्छ । प्रकृतिले भरिपूर्ण हाम्रो देश जता हेर्यो उतै पर्यटनका प्रचुर सम्भावना हुँदाहुँदै पनि त्यसको भरपूर लाभ लिन नसक्नु दुर्भाग्य नै हो ।
भन्दा हामी नेपाललाई कृषिप्रधान देश भन्ने तर व्यवहारमा एउटा खुर्सानीको ढिँडी पनि विदेशबाट आयात नगरे खान नपाउने अवस्था सिर्जना भइरहेकोे छ । यस्को विकल्प भनेको कृषि नै हो । हाम्रा उर्बर भूमिलाई बाँझो राखेर बिहान, दिउँसो, बेलुका हरेक समय विशेष गरेर भारतबाट खाद्यन्न आयात नगरेसम्म नेपालीका चुलाचौका चल्नेवाला छैनन् । अपार सम्भावना बोकेको कृषि क्षेत्रको पुनर्जागरणको हावाहुरी नल्याएसम्म नेपालले प्रगतिको ढोका खोल्न सक्दैन ।
यस यथार्थलाई आत्मसात गरेर राज्यले कृषि क्षेत्रको विकासमा के कस्तो नीति अवलम्बन गर्नुपर्ने हो कति पनि ढिला नगरी आकर्षक नीति ल्याउन अत्यावश्यक भइसकेको छ । यद्यपि नेपालको वर्तमानमा देखिएको आर्थिक संकट टार्न पर्यटन र ऊर्जाको पनि त्यत्तिकै भूमिका छ जसलाई नकार्नु महामुर्खता हुनजन्छ । जसरी पप्लिक, प्राइभेट पार्टनरसिप भनेर तीन खम्बे अर्थनीति लिइएको थियो त्यसरी नै कृषि, पर्यटन र ऊर्जा विकासमार्फत देशले समृद्धि ल्याउन सकिन्छ ।
माथि उल्लेख गरिएका तीन खम्बे नीति नयाँ त नभनौं तर राज्यको प्राथमिकतामा नपरेको कृषिलाई उच्च स्थानमा राखेर अघि बढ्नुपर्छ । त्यस्तै कहिल्यै नसकिने अनन्त सम्भावना बोकेको पर्यटन उद्योगलाई नेपालमा आकर्षणको केन्द्र बिन्दु बनाउनुपर्छ । प्रकृतिले भरिपूर्ण हाम्रो देश जता हेर्यो उतै पर्यटनका प्रचुर सम्भावना हुँदाहुँदै पनि त्यसको भरपूर लाभ लिन नसक्नु दुर्भाग्य नै हो । नेपालको भौगोलिक अवस्थिति यस्तो छ जहाँ हिमालदेखि पहाडसम्म त्यतिमात्रै होइन तराई पनि त्यत्तिकै आकर्षक मानिन्छ । तथापि ती सम्भावना बोकेका क्षेत्रहरूको समुचित उपयोग गर्न नसकेर आज गरिबीको झोला थाप्दै हिँड्नु परिरहेको छ । देशका श्रमशील युवाहरू स्वदेशमा रोजगारको अवसर नभएर वा सिर्जनशीलताको अभावमा विदेश पलायन हुनुपर्ने परिस्थिति अत्यन्तै दुःखद् पक्ष हो ।
यी कुरामा राज्य चुकेको छ । राज्यले विशेषज्ञता हासिल गरेका विज्ञहरूलाई परिचालन गरेर देशको मुहार फेर्न कुनै गाह्रो कुरा हो जस्तो लाग्दैन । देश विकास र समृद्धिको पहिलो शर्तको रूपमा कृषि, पर्यटन र ऊर्जाको प्रष्ट कार्ययोजनाको मार्गचित्र बनाउनुपर्छ । यो यो गरेमा देशमा समृद्धि ल्याउन सकिन्छ भन्ने एउटा स्पष्ट मार्गचित्र बनाऔं अनि त्यसलाई राजनीतिक तहमा बहस चलाऔं र त्यसको कार्यान्वयनका लागि राष्ट्रिय एकता कायम गर्दै अघि बढौं । यसैबाट आजको खस्कँदो अर्थ व्यवस्थालाई सुधार्न सकिन्छ । अब धेरै ठूला कल्पनाशीलतातिर नलागौं । आफ्नै स्रोतसाधनबाट परिचालन गर्न सकिने उद्योगहरूबाट दिगो विकासको आधार तयार गर्न सकिन्छ ।
विकासका लागि राजनीति हो न कि राजनीतिका लागि विकास होइन भन्ने यथार्थलाई आत्मसात गर्दै जानुपर्ने आजको भूयथार्थ हो ।
आज हरेक दैनिक उपभोग्य वस्तुहरू छिमेकी मुलुकबाट आयात नगरी नेपालीको चुलो नै नबल्ने स्थिति छ । यस्तो अवस्थाबाट मुक्ति पाउन कृषि क्षेत्रमा नै विशेष जोड दिनुको विकल्प देखिँदैन । कृषि विकासको लागि आवश्यक पर्ने मल तथा बिउलगायत आन्य चिज किसानलाई राज्यले यथा समयमा उपलब्ध गराउनुपर्छ ।
उपलब्ध स्रोतसाधनको अधिकतम उपयोगमार्फत देश विकासमा लाग्नु एकमात्र विकल्पहीन कार्यभार हो । नेपालको अर्थ व्यवस्था कृषिमा आधारित छ र हुनु पनि पर्छ । आफ्नै स्रोतसाधनको जगमा गरिने कुनै पनि विकास आयोजनाहरू दिगो हुनसक्छन् । यसमा कोही पनि द्विविधामा पर्नुपर्दैन । कृषि क्षेत्रको यथोचित प्रगतिमा पर्यटन उद्योग प्रत्यक नेपालीको घरआँगनमा आन्तरिक एवं बाहृय पर्यटकको ओइरो लाग्नसक्छ । यो सम्भावना कुनै टाढाको विषय होइन । पर्यटन व्यवसायलाई प्रबद्र्धन गर्न त हामीले स्थानीय कृषि उत्पादनलाई जोड दिनुपर्ने हुन्छ ।
यहाँ तीन खम्बे अर्थनीतिलाई सफल बनाउन कृषि र पर्यटनको अतिरिक्त ऊर्जा विकासमा विशेष जोड दिनुपर्ने हुन्छ । यसरी यी क्षेत्रमा राज्यको उचित ध्यान जान सकेको अवस्थामा देशले कोल्टे फेर्ने कुरामा कुनै शंकै रहँदैन । ऊर्जा अर्थात् जलस्रोतको विकासलाई हाम्रो आयआर्जनको प्रमुख आधार बनाउन सकिन्छ । नेपालका नदीनाला त्यसै बगेर खेर गइरहेको सन्दर्भमा त्यसको उपयोगबाट देशले आर्थिक फड्को मार्न सक्छ । त्यसैले सबैभन्दा पहिले हामीले खाध्यान्नमा आत्मनिर्भर हुनुपर्यो । आज हरेक दैनिक उपभोग्य वस्तुहरू छिमेकी मुलुकबाट आयात नगरी नेपालीको चुलो नै नबल्ने स्थिति छ ।
यस्तो अवस्थाबाट मुक्ति पाउन कृषि क्षेत्रमा नै विशेष जोड दिनुको विकल्प देखिँदैन । कृषि विकासका लागि आवश्यक पर्ने मल तथा बिउलगायत आन्य चिज किसानलाई राज्यले यथा समयमा उपलब्ध गराउनुपर्छ । कृषिका लागि आधुनिक कृषि औजारदेखि सिँचाइको प्रबन्ध हुनु पहिलो शर्त हो । नेपाल जलस्रोतको धनी त भनिन्छ तर अधिकांश फाँटहरू सिँचाइको अभावमा उत्पादन दिन सकिरहेका छैनन् । त्यतिमात्रै हो र ऊर्जा संकट टार्नसमेत हम्मेहम्मे परिरहेको छ । त्यसैले जलस्रोतको भरपूर उपयोग गर्दै सिँचाइ र ऊर्जालाई छिमेकी मुलुक भारत र बंगलादेश आदि देशमा निर्यात गरेर आर्थिक विकासको ढोका खोल्नुपर्ने हुन्छ ।
अनिमात्र नेपालले आर्थिक समृद्धिमार्फत मुलुकको कायापलट हुनसक्छ । खेर गइराखेका हाम्रा अमूल्य स्रोतसाधनको उपयोग गर्दै मौजुदा आर्थिक संकट टार्ने एकमात्र उपयुक्त विकल्प नेपालीको अगाडि ठिंग उभिराखेको छ । आज देशको हरेक दृष्टिले ऊर्जाशीला युवाशक्ति विदेशिनुले मुलुक युवाविहीन बन्नपुगेको अवस्था बडो डरलाग्दो र विकाराल बन्दै गरेको छ । यो प्रसंगलाई समेत ध्यानमा राख्दै याथाशक्य चाँडो हामीले उल्लेखित क्षेत्रको विकासमा तदारुकता देखाउन सक्नुपर्छ ताकि आफ्ना श्रमशीला युवाहरू विदेशिनुबाट रोकिन सकून् । अतः कृषि, पर्यटन र ऊर्जाबाट देशको आर्थिक समृद्धि बनाउन सकियोस् । जुन आर्थिक विकास दिगो र भरपर्दो हुने निश्चित छ भने यसैलाई तीन खम्मे अर्थनीतिको सहायक नीति हुनसक्ने सम्भावना नकार्न सकिँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच