काठमाडाैं । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा अज्ञात रोगका कारण ७१ जनाले ज्यान गुमाएका छन् । अज्ञात रोगबाट ७१ बढीको मृत्यु भएसँगै सरकार उच्च शतर्कतामा रहेको स्वास्थ्यमन्त्री रोजर कम्बाले बताउनु भयो ।
अज्ञात रोग क्वांगो प्रान्त, दक्षिणपश्चिमको पान्जी क्षेत्रमा फेला परेको छ । जसलाई कंगोले महामारीको रुपमा घोषणा गरेको छ । फ्लूसँग मिल्दोजुल्दो लक्षणहरू भएको बताइएको छ ।
अहिलेसम्म ७१ जनाको ज्यान गएको छ । जसमध्ये २७ जना स्वास्थ्य संस्था र ४४ जना स्थानीय समुदायका छन् । करिव ३०० जना निको भइसकेका छन् ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच