शासनमा बस्ने व्यक्ति सदा आफूलाई जीवनमार्ग र परमार्थका लागि अनवरत समर्पित हुनु आवश्यक मानिन्छ । जीवनमार्गलाई मात्र मुख्य आधार मानेर गरिने शासन कहिले पनि चिरस्थायी हुन सक्दैन । शासनलाई चिरस्थायी बनाउन शासकले धर्मलाई पनि आधार बनाएको हुनुपर्दछ । शासन आफैमा चिरस्थायी हुँदैन । बालिग मताधिकारबाट चुनिने शासक त निश्चित अवधिका लागि मात्र शासनमा बस्ने अवसर पाउँछ । धर्मले शासकलाई गतिलो मार्गको अनुशरण गर्न सिकाउँछ । यो मार्ग ठीक छ भन्ने आधार बाहिर ल्याउने गरेको हुन्छ धर्मले । तर धर्मलाई कहिले पनि शासनमा आफूलाई चाहिने अवस्थाको व्याख्या विश्लेषण गर्ने पद्दतिले कहिलेकाहिँ शासकलाई पनि अप्ठ्यारोमा पारेको हुन्छ ।
भनिन्छ शासक र धर्म एक अर्काका परिपूरक हुन् । धर्मले शासकलाई र शासकले धर्मलाई चिनेको हुनु अनिवार्य हुन्छ । शासकले धर्म चिनेन भने ऊ आफैं कमजोर हुन्छ शासन व्यवस्थामा । महाभारतमा हस्तिनापुरका तत्कालीन राजा युधिष्ठिरले आफ्ना पितामहलाई शासन र धर्मका बारेमा प्रश्न गरे । शासनमा बस्ने शासक र धर्मका बीचमा के कस्तो अवस्थाको सामञ्जस्यता हुनु आवश्यक छ । शासनमा बस्ने व्यक्तिले धर्मलाई नमान्दाको अवस्थामा राज्यको शासकीय पद्धतिमा विचलन आउँछ वा आउँदैन भन्ने सन्दर्भका प्रश्नहरू गरेका थिए ।
शासक आफैंमा सबै होइन त्यो त जनताको प्रतिनिधिमात्र हो । शासकीय पद्धतिमा मानिसको सबैभन्दा महानता उसको कर्म हो । कर्मलाई अपनाउने शासकलाई धर्मले पोषित गरेको हुन्छ । शासक सदा चनाखो र राज्यको विस्तारका लागि निरन्तर प्रयत्नशील रहनु आवश्यक छ ।
शासक आफैँमा सबै होइन त्यो त जनताको प्रतिनिधि मात्र हो । शासकीय पद्धतिमा मानिसको सबैभन्दा महानता उसको कर्म हो । कर्मलाई अपनाउने शासकलाई धर्मले पोषित गरेको हुन्छ । शासक सदा चनाखो र राज्यको विस्तारका लागि निरन्तर प्रयत्नशील रहनु आवश्यक छ । धर्मका माध्यमबाट नै मानिसले जीवनमार्गलाई बलियो बनाएको हुन्छ । मानिसमात्र होइन शासक पनि धर्मको रक्षा गर्ने जीवित प्राणी हो ।
धर्मको आचरण उत्तम
मानिसले धर्मलाई आफ्नो आचरणको आधार बनाउन आवश्यक छ । प्राचीनकालमा शासकलाई राय परामर्श दिने व्यक्ति नै धर्मगुरु मानिएका हुन्थे । शासकलाई उचित सल्लाह दिने व्यक्तिलाई धर्मगुरुका नाममा सम्बोधन गरिएको हुन्थ्यो । त्यसैले शासकले धर्मको महिमालाई जीवन्त बनाएका हुन्छन् । भीष्म युधिष्ठिरलाई भन्छन् :
बुद्धि संजननो धर्म आचारश्च सतां सदा
ज्ञेयो भवति कौरव्य सदा तद् विद्धि मे वचः ।।
राजन ! धर्म र सत्पुरुषको आचार बुद्धिबाट प्रकट हुन्छन् । सदा त्यहीबाट जानिएको हुन्छ तिमीले मेरो कुरालाई राम्रोसित बुझ । धर्म र बुद्धिका बिचको तादात्म्य सम्बन्ध अनिवार्य रूपमा व्यवस्थित हुनु हुनुपर्दछ । सत्पुरुषले धर्मलाई चिन्तन गरेर आफूलाई धर्ममा स्थिर गराएका हुन्छन् । मानिसले यदि आफूले अपनाएको र व्यवहारमा ल्याएको धर्मलाई आचरणमा उतारेन भने उसको जीवन पद्धतिले गतिशीलता पाउन सक्दैन । धर्मको पालना नगरेर जीवनमार्गलाई गलत मार्गमा लैजाने पद्धतिमा लागेमा मानिसको आचरणमा नै प्रश्न उठ्ने गरेको हुन्छ । शासकमात्र होइन शासकीय व्यवहारका कारण धर्मको आचरणमा राज्यको व्यवस्थापकीय पक्ष नै जीवन्त हुनु अनिवार्य मानिएको पाइन्छ । धर्मबाट चल्ने शासन नै टिकाउ हुने कुरामा दुई मत छैन ।
समाज सबै ज्ञानले भरिएको भए मानिसको पहिचान गलत हुने थिएन । ज्ञानको भण्डार अथाह छ । अथाह ज्ञानको भण्डारमा कुनै व्यक्ति यर्थार्थमा ज्ञानी बनेका हुन्छन् भने कोही मिथ्या ज्ञानलाई पनि जीवन्त बनाएर बाहिर आएका हुन्छन् । मिथ्या ज्ञानको यो संसारमा यर्थार्थ ज्ञानले जीवनलाई सहज बनाएको हुन्छ । भीष्म युधिष्ठिरलाई मिथ्या ज्ञानले भरिएका व्यक्तिका बारेमा भन्छन् :
परिमुष्णन्ति शास्त्राणि धर्मस्य परिपन्थिनः
वैषम्यमर्थविद्यानां निरर्थाः ख्यापयन्ति ।।
धर्मद्रोही मानिस शास्त्रको प्रमाणिकतामा प्रश्न उठाउँछन् र शास्त्रवचनलाई अग्राहृय र अप्रमाणिक बनाएर बाहिर ल्याएका हुन्छन् । अर्थज्ञानको शून्यतामा शास्त्रको अनुपयोगी व्याख्या गरेर अघि बढेका हुन्छन् । उनीहरूको आचरणले नै राज्यमा धर्मको अवस्था कमजोर बनेर आएको हुन्छ । मिथ्या ज्ञानलाई बलवान् मान्ने अवस्थामा मानिसको जीवन पद्धतिले गति लिने गरेको छ आजको समाजमा । मिथ्या ज्ञानमा विश्वास गर्ने व्यक्तिका सन्दर्भमा भीष्म भन्छन् :
आजिजीविषवो विद्यां यशः कामौ समन्ततः
ते सर्वे नृप पापिष्ठा धर्मस्य परिपन्थिनः।।
हे नरेश्वर ! जो व्यक्ति जीविकाको इच्छाले विद्याको उपार्जन गरेका हुन्छन् र सबै दिशामा त्यही विद्यालाई बेचेर यशको कामना गरेका हुन्छन् । ती सबै धर्मद्रोही हुन् । यीबाट शासकले केही पाउने अभिलाषालाई तिलाञ्जलि दिनु अनिवार्य छ । शासनमा यी मिथ्या ज्ञानलाई बोकेर हिँडेने मानिसले नै शासकको बुद्धिलाई भ्रष्ट गराएका हुन्छन् । मिथ्या ज्ञान पाएका मानिसले नै शासकलाई गतिलो मार्गमा हिँड्न प्रेरित गरेका हुँदैनन् । शासकले मिथ्या ज्ञानले भरिएका मानिसलाई शासकीय पद्धतिमा राखेसम्म कुनै पनि मुलुकको व्यवस्थामा परिवर्तन र निकास निस्कँदैन यो सत्य हो ।
मिथ्या ज्ञानबाट प्रेरित मानिसले नै शासकलाई गलत मार्गमा प्रेरित गर्ने हुनाले शासकले मिथ्या ज्ञानबाट भरिएका मानिसमा विश्वासको वातावारण दिनुहुँदैन । असल मार्ग र ज्ञानले भरिएका मानिसलाई शासकले शासनमार्गका सारथी बनाउनु आवश्यक मानिएको छ । शासकले जहिले पनि आफ्नो र आफूले अपनाएको धर्मलाई सदा मानेको हुनुपर्दछ । शास्त्रका मर्मज्ञसित सरसल्लाह गरी शासकीय मार्गलाई अवलम्बन गर्नु अनिवार्य मानिएको छ । यही नै शासनमार्गको गतिलो उपाय भीष्मले तत्कालीन हस्तिनापुरका प्रधान सेवकलाई बताएका छन् ।
शस्त्रले शास्त्रवेत्ताका रूपमा ब्राहृमणलाई मानेको छ । शासकले ती ब्राहृमणको अपमान गरेमा शासकीय पद्धतिप्रति नै जनताले प्रश्नचिहृन उठाउने गरेका हुन्छन् । शासकले जहिले पनि धर्मको मार्गलाई अवलम्बन गरेको हुनुपर्दछ । शासक र शासन व्यवस्था नै धर्मले हीन भयो भने राज्यका कुनै पनि अङ्गले कामलाई तदारुकताका साथ अघि बढाउन सक्दैनन् । धर्ममा विचलित शासकीय पद्धतिमा आजको व्यवस्था परिचय बनेर उभिन सकेको छैन ।
धर्महन्ता शासक
शासकले धर्मलाई आधार नबनाई र शास्त्रचिन्तन गर्ने व्यक्तिको सल्लाहमा चलेन भने शासकीय व्यवहार र पद्धति नै खतराको जालोमा जकडिएको हुन्छ । शासकले शासनमा बस्दा आफूले अपनाएको धर्मलाई निरन्तर रूपमा पालन गरेको हुनुपर्दछ । यदि शासक नै धर्महन्ता भयो भने शासन व्यवस्थामा देखिएका राम्रा पक्ष पनि कमजोर हुने तर्कलाई नकार्न सकिँदैन । शासक धर्महन्ता हुनुहुँदैन । ऊ नै धर्महन्ता भयो भने देशका नागरिकले उसलाई बाहिर निस्कने बाटो दिँदैनन् ।
नेपालको राजनीति कार्यकर्ताको भरमा चलेको छ । नेपालको राजनीति र राजनीतिक दलले शिक्षालाई प्राथमिकतामा कहिल्यै पनि राखेनन् । उनीहरूले शिक्षाक्षेत्रलाई आफ्ना कार्यकर्ताको भर्तीकेन्द्र मानेका छन् । उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालयको उपकुलपति नहुने हो भने विश्वविद्यालयको शैक्षिक पात्रो नै फेरिन सक्छ ।
त्यसैले शासकले जहिले पनि धर्मको पालनमा विशेष जोड् दिनु अनिवार्य मानिन्छ । यो नै धर्ममा देखिने प्रवृत्ति र शासकले गर्ने व्यवहार पनि हो । आजको संसारले शासकीय पद्धतिमा धर्मलाई प्रमुखता मान्दैन । शासनमात्र आफू र आफ्नालाई जीवनपर्यन्त बाँच्न सक्ने पद्धतिमा बाहिर ल्याउने आधार बनेको छ आजको शासन । संसारका विभिन्न देशमा धर्मगुरुलाई सम्मानका साथ हेरिने गर्दछ । हाम्रो देशका शासक आफैँमा धर्महन्ताका रूपमा देखिएका छन् ।
नेपाल बहुधार्मिक मुलुक हो । यो बहुधार्मिक भए पनि आजको दिनमा सनातन धर्मले नेपालको पहिचानलाई संसारभरि पुर्याएको छ । आत्मज्ञानको केन्द्र हो नेपाल । सीता र बुद्ध जन्मेको देश हो । जसलाई धर्ममा अवतार पनि मानिएको छ । यो देशको विकासमा विदेशी मुलुकले अथाह सहयोग गरेका छन् । सहयोगसँगै आउने धर्मान्तरणले आजको नेपाल कमजोर बनेको छ । शासनमा बसेका व्यक्ति नै धर्मको गलत व्याख्या गर्न उद्दत देखिएका छन् । उनीहरूका विचारले नेपालको सनातनी परम्परामा आघात पु¥याएको देखिन्छ । धर्मका नाममा हुने गरेका विदेशी धर्मान्तरण पद्धतिलाई रोक्न सक्ने हैसियत नेपालका शासकमा देखिँदैन । देशको धर्म हुँदैन ।
अहिलेको संविधानले त्यही भनेको छ तर एकअर्काको धर्मलाई सम्मान गर्नु नागरिकको दायित्व हो । यो दायित्व नेपाली नागरिकले निर्वाह पनि गरेका छन् तर शासक आफैँमा नेपालका धर्महन्ता बनेका छन् । यी धर्महन्ता शासकले नेपालको शासकीय पद्धतिलाई धर्मशास्त्रको आधारमा लैजान सकेका छैनन् । शासनमा बस्ने व्यक्ति शास्त्रचिन्तन र हाम्रा धर्मशास्त्रमा आधारित शासकीय पतिलाई मान्न तयार देखिँदैनन् । अज्ञानतावश अनेक प्रकारका मिथ्या भाषणमा आफूलाई उतारेका हुन्छन् । यो प्रक्रियाबाट चलेको शासकीय व्यवहारले आजको हाम्रो देश अस्थिर राजनीतिको भँगालोमा पसेको छ ।
नेपालको राजनीति कार्यकर्ताको भरमा चलेको छ । नेपालको राजनीति र राजनीतिक दलले शिक्षालाई प्राथमिकतामा कहिल्यै पनि राखेनन् । उनीहरूले शिक्षाक्षेत्रलाई आफ्ना कार्यकर्ताको भर्तीकेन्द्र मानेका छन् । उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालयको उपकुलपति नहुने हो भने विश्वविद्यालयको शैक्षिक पात्रो नै फेरिन सक्छ तर त्यता राजनीतिक दलको कुनै चासोसमेत देखिँदैन । विदेशका गल्लीमा अल्लारे जस्तो हिँडेको युवा र ग्रीनकार्ड तथा स्थायी निवासीको प्रमाणपत्रका लागि पर्खेर बसेको युवाले सामाजिक सञ्जालमार्फत नेपालको राजनीतिलाई सरापेको छ । त्यही हेरेर नेता भाषण गर्न दगुरेका छन् ।
नेपाललाई हामीले बनाउने हो भन्ने दृष्टिकोण तिनले दिन सकेका छैनन् । जो जस्तो भए पनि नेपालको विकासमा नेपाली जनताले नै सहयोगी भावनाबाट आफूलाई जीवन्त बनाएर उतारेको हुनुपर्दछ । धर्ममा विश्वास नगर्ने, हाम्रा पुर्खाले दिएका परम्परालाई दुत्कार्ने पद्धतिले नै नेपालको राजनीति लोकप्रिय बन्ने आधार खडा भएका छन् । शासनमा बस्ने शासकले र शासकीय पद्धतिले धर्म तथा विद्वान्को कदर गर्न सके देशको विकास द्रुत गतिले हुने कुरालाई नकार्न सकिँदैन । यही तथ्य नै महाभारतको हस्तिनापुरको शासकीय पद्धति हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच