जुबा । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले बढ्दो मानवीय संकटको बीचमा दक्षिण सुडानमा सन् २०२५ सम्मका बालबालिकालाई सहयोग गर्न अमेरिकी डलर २७ करोड ८२ लाखको तत्काल अपिल गरेको छ । युनिसेफले दक्षिण सुडानको बिग्रिरहेको अवस्थालाई प्रकाश गर्यो, जहाँ कोषको अभावले मानवीय प्रतिक्रियालाई गम्भीर रूपमा बाधा पुर्याएको छ । ‘यहाँ लगभग नौ लाख मानिसहरूलाई मानवीय सहायताको खाँचो पर्नेछ, जसमा ४९ लाख बालबालिका, २२ लाख महिला र १४ लाख अपांगता भएका व्यक्तिहरू छन्’, संयुक्त राष्ट्र एजेन्सीले जनाएको छ ।
बढ्दो जोखिम, बढ्दो मानवीय आवश्यकता र सहायता बजेटमा महत्वपूर्ण कटौतीको साथ दक्षिण सुडानले चुनौतीपूर्ण सन् २०२५ का लागि तयारी गरिरहेको छ । दक्षिण सुडानमा प्रारम्भिक डिसेम्बरमा तय गरिएको आम चुनाव दुई वर्षका लागि स्थगित भएपछि राजनीतिक परिदृश्य नाजुक रहेको छ ।
युनिसेफले जलवायु परिवर्तन, द्वन्द्व, रोगको प्रकोप, आर्थिक ह्रास, सुडानमा युद्धबाट भागेर शरणार्थी र फर्केकाहरूको आगमनलगायत संकटको अभिशरणले देशको चुनौतीहरू बढाएको उल्लेख गरेको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२३ अप्रिलदेखि १० अक्टोबर सन् २०२४ सम्म सुडानमा भएको युद्धबाट भागेर चार लाख १५ हजार बालबालिकासहित आठ लाख २६ हजारभन्दा बढी मानिस दक्षिण सुडानमा प्रवेश गरेका थिए ।
युनिसेफले यस संकटमा विशेषगरी कमजोर रहेको बालबालिकाहरूले दुर्व्यवहार, हिंसा, शोषण र मनोवैज्ञानिक संकटको बढ्दो जोखिमको सामना गर्ने बताएको छ । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच