![टर्बुलेन्समा परेको बिआरआई परियोजनाको आपत्कालीन अवतरण](https://ehimalayatimes.com/wp-content/uploads/2024/12/Shambhu-koirala-Hita-Article.jpg)
✍️ कपिल अर्याल
विश्व परिवेसमा घटित घटनाक्रमले लोकतन्त्रको अवसान र स्खलनवादलाई प्रष्टै झल्काइरहेको छ । आफूलाई विश्वको लोकतन्त्रको मुखिया ठान्ने अमेरिका समेत पछिल्लो समय लोकतान्त्रिक मूल्य र मान्यताबाट बिमुख हुँदै गएको छ । नोभेम्बर ५ को अमेरिकी इलेक्सनबाट रिपब्लिकन पार्टीका राष्ट्रपतिका उमेदवार डोनाल्ड ट्रम्पले प्रतिद्धन्द्धी डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्रयारिसविरुद्ध जित हासिल गरेका छन् । यसले अमेरिका नै लोकतन्त्रको अन्तिम प्रयोगकर्ता, न्यायकर्ता र निणयकर्ता हो भन्ने भाष्यको धज्जी उडाएको छ । खासगरी पछिल्लो दशकमा विश्व परिबेसमा देखिएका राजनीतिक उतारचढाबले लोकतन्त्रको अवसान वा स्खलनवाद क्रमिक वृद्धितर्फ केन्द्रित छ भन्ने कुरालाई इसारा गरेको छ । भारत जस्तो जनसांख्यिक लाभ भएको मुलुकमा समेत लोकतन्त्र साँघुरिँदै गएको छ । साँघुरिएको र खुम्चिएको लोकतन्त्रको धरातल हुँदाहुँदै पनि अमेरिका, भारतलगायतका देशमा रिपब्लिकन र कन्जरभेर्टिभ दलहरूले कस्तो विचार बेचिरहेका छन् र बजारमा उनीहरूको विचार किन बिकिरहेको छ यो नै लोकतन्त्रका लागि विश्वमञ्चमा विश्लेषण गर्न लाएक विषय हो जस्तो लाग्छ ।
लोकतन्त्र वास्तवमा शासनपद्धतिमात्र नभएर यो त विचार अवधारणाको उच्चतम प्रयोगविधि हो । लोकतन्त्रका अनेक रूप देख्न पाइन्छ खासगरी समाजवादी लोकतन्त्र, उन्नत लोकतन्त्र, आदर्शवादी लोकतन्त्र, संयमी लोकतन्त्र आदि इत्यादि जे भनिए पनि १९९० को दशक पछि उदारवादलाई पश्चिमा जगतका मुलकले प्रयोगमा ल्याए खासगरी यसमा अमेरिकाको योगदानलाई श्रेयकर्ताको रूपमा लिने गरिन्छ यही उदारवादलाई नै लोकतन्त्रको वैकल्पिक विचारविधि ठान्नाले लोकतन्त्रमाथि खतरा उत्पन्न भएको हुनुपर्दछ । लोकतन्त्रलाई प्रेस स्वतन्त्रता, बालिक मतअधिकार, मानवअधिकार वाक स्वतन्त्रता आदिको अधिकार प्रयोगसँग तुलाना गर्न प्रयत्न गरियो जसका कारण लोकतन्त्र वैचारिक रूपमा मुर्झिन पाएन । लोकतन्त्रको वास्तविक रूप भनेको लोक कल्याणकारी अवधारणामा आधारित सामाजिक न्याय र पुँजीवादमा आधारित व्यक्तिक स्वतन्त्रता र समान स्रोतसाधनको वितरण प्रणाली हो । वर्तमान अवस्थामा हैकमवाद, औपनिवेसिकवाद, नियन्त्रणवाद र साम्राज्यवादमा लोकतन्त्र अग्रसर हुनुले लोकतन्त्र दोबाटोमा अल्मलिएको महसुस गर्न सकिन्छ ।
सामान्य भाषिक विवेचनामा लोकतन्त्र नागरिकको गास, बास, कपास शिक्षा, स्वास्थ्य रोजगारी र सुरक्षामा केन्द्रित हुनुपर्नेमा उपभोगितावाद र भुमण्डलीकृत पुँजीवादको चंगुलमा फसिरहयो जसका कारण वर्गीय असमानताले साना र ठूला राज्य, गणराज्य बिच वैमनुष्यता उत्पन्न गर्यो । मानिसको मस्तिष्कलाई अणुवम, हातहतियार उत्पादन, आविस्कारमा प्रयोग गरियो जसका कारण समाज विभाजन, नवऔपनिवेसिक विस्तारमा आंतकवाद, जातिवाद, नस्लवाद, धर्मवादमार्फत राष्ट्र समाज र नागरिकबीच मतभिन्नता सिर्जना गर्दै अन्तत्वगत्वा मान्छेको नरसंमार गर्नेतर्फ लोकतन्त्र आर्कषित भएको देखिन्छ । जसले गर्दा लोकतन्त्र २१औं शताब्दीको आँगनमा खतरामा र दोबाटोमा छ भन्न सकिन्छ । दोस्रो विश्वयद्धले भ्रातृत्व, स्वतन्त्रता र समानतालाई मार्गदर्शन गरेपनि १९९० पछि लोकतन्त्रको ढाडमा बन्दुक राखेर नव उदारवादको मुखौटोले वर्तमान लोकतन्त्रमाथि धावा बोलिरहेको छ ।
रुस-युक्रेन, मिडल इष्ट, अफगानिस्तान, बंगगलादेश पछिल्ला उदाहरण हुन् जहाँ लोकतन्त्र लोकतन्त्रका लागि आफू युद्ध लडिरहेको छ । उत्तर आधुनिकवाद, बहुधुर्वीय विश्व परिकल्पनाको मानचित्रमा मानवजाति र प्रकृतिले के कति विनाश भोगिरहने हो, यसको क्षतिपूर्ति लोकतन्त्रले कसरी परिपूर्ति गर्न सक्ला यो चाही विश्लेषणयुक्त बहस छेडिन जरुरी छ । विश्वभर लोकतन्त्र विकृत हुँदै गए पनि स्केनडेभिएसन केही मुलकमा भने लोकतन्त्र पुरस्कृत हुँदै गएको छ । वास्तवमा लोकतन्त्रका विचारक वा चिन्तकहरूले उनीहरूबाट शिक्षा लिनुपर्ने देखिन्छ । जब लोकतन्त्र, जाति, नस्ल, भाषा, धर्ममा विभक्त हुन्छ यसले द्वन्द्व र युद्धको मलजल गर्दछ । अर्कोतर्फ जब लोकतन्त्र जनकल्याणकारी, उत्तरदाहित्वु्खि र प्रकृतिमैत्री हुँदैन तब यसले विधि र कानुनी राज्यका मर्मलाई सम्बोधन गर्न सक्दैन अन्तत्वगत्वा यो निर्थक र वेवारिसे हन्छ । त्यसैले अहिले लोकतन्त्र दोबाटोमा गतिहीन भएर थलिएको छ ।
अन्त्यमा लोकतन्त्रको विकल्प संयमी, उत्तरदाहीत्वमुखी जवाफदेही प्रकृतिमुखी, मानव शभ्यतामुखी लोकतन्त्र हुनुपर्दछ । विधिको शासन, कानुनी राज्यका मूल्य, मान्यताप्रति समर्पित हुनसक्ने खालको लोकतन्त्र २१औंं शताब्दीको पुरस्कृत लोकतन्त्र बन्न सक्दछ । विज्ञानको आविष्कारले प्रविधि, यान्त्रीकरण र सूचना जगतमा आमूल परिवर्तन देखिए पनि नवपर्वतनको युगमा लोकतन्त्र सदृढीकरणमा सबैभन्दा जटिल समस्याको विषय प्रविधि र सूचना जगत साबित भएको छ । यसको नियन्त्रण, समुचित प्रयोगमा ध्यान दिनुपर्ने देखिन्छ । तमाम भूमण्डलीकृत विश्वमा देखिएका समस्या र चुनौतीले लेकतन्त्र दोबाटोमा छ भनेर विश्लेषण गर्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच