काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै हुनुहुन्छ । दमक बिजनेस कम्प्लेक्स उदघाटन लगायतका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जान लाग्नुभएको हो । उहाँ पर्सिमात्र काठमाडौं फर्किने तयारी छ ।
हवाईमार्गमार्फत् गृहजिल्ला जान लाग्नुभएका प्रधानमन्त्री ओली आज बिहान ११ बजे झापा ओर्लिनु हुनेछ । सुरुमा उहाँले मानव सेवा आश्रमको नयाँ भवनको उदघाटन र अर्को भवनको शिलान्यास गर्ने कार्यक्रम छ ।
त्यसपछि दिउँसो एक बजे १८ तले दमक बिजनेस कम्प्लेक्स उदघाटन गर्ने कार्यक्रम छ ।आफ्नो निर्वाचन क्षेत्रमा राज्यको १ अर्ब ४५ करोड रुपैयाँ खर्च गरेर ‘भ्यूटावर’ बनाएको भन्दै प्रधानमन्त्री ओलीको आलोचनासमेत हुँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच