इराक-इरान-सिरियाली विदेशमन्त्रीबीच सिरिया द्वन्द्वबारे छलफल

काठमाडाैं । इराकी विदेशमन्त्री फुआद हुसेनले बगदादमा इरानी विदेशमन्त्री सैयद अब्बास अराघची र सिरियाली विदेश मामिला तथा प्रवासी मन्त्री बसम सब्बागसँग त्रिपक्षीय बैठक गर्नुभएको छ ।

भेटपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा तीन मन्त्रीले सिरियाको गम्भीर अवस्थाले आफ्ना जनता र सम्पूर्ण क्षेत्रको सुरक्षामा खतरा रहेको उल्लेख गर्दै तीन देशमा सिरियाको गम्भीर अवस्थाको प्रभावबारे चासो साझा गरेको बताएको छ । विज्ञप्तिमा सबै प्रकारका आतंकवादका साथै सिरिया, गाजा र लेबनानमा जारी इजरायली आक्रमणको निन्दा गरिएको छ ।

यसले सिरियाको सार्वभौमसत्ता, स्वतन्त्रता, एकता र क्षेत्रीय अखण्डताको सम्मानमा पनि जोड दिएको छ । बैठकपछि संयुक्त पत्रकार सम्मेलनमा हुसेनले सिरियाको सुरक्षा क्षेत्रको सुरक्षासँग जोडिएको बताउँदै मन्त्रीस्तरमा अरब लिगको तत्काल बैठक बोलाउने र त्यसमा पुग्न सबै कुटनीतिक माध्यम प्रयोग गर्ने बताउनु भयो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?