काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदले गरेका काम र निर्णयहरु व्यवहारमा लागू गर्न नसक्दा संसद सेवा प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभएको छ ।
आईतवार १८ औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संसद, सरकार र सरकारी संयन्त्रहरुले जनता राष्ट्रको हित हुनेगरी निर्णय गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिको कारणले संसदको भुमिका प्रभावकारी हुन नसकेको बताउनुभएको हो ।
उहाँले संसदको भुमिका प्रभावकारी बनाउन विगतमा गर्न नसकेका कामहरुको कारणसहति उजागर गर्न आवश्यक रहेको बताउनु भयो । निर्णय गरिएका विषयहरु मिडियामा प्रचारबाजी गर्नुभन्दा व्यवहारमा लागू गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘सदको बैठक बस्दा हामीले निर्णयहरु नराम्रा हामीले गर्दैनौं । कम्तिमा पनि जनाता र देशको हित हुने ढंगले नै हामीले निर्णयहरु गरिरहेका हुन्छौं । नराम्रो निर्णय त हामी गर्दै गर्दैनौं । कति राम्रो गर्छौं त्यो आफ्नो ठाउँमा छ । अनि मिडियाको अगाडि आज हामीले यो निर्णय गर्यौं भनेर नि भन्छौं । मदेखि हामी सबैहरु आफूले गरेको निर्णय मैले आज यति निर्णय गर्नसके यति निर्णय कार्यान्वयन भएका छैनन् भनेर चाहीँ भन्न सक्दैनौं । संसद प्रभावकारी रुपमा सञ्चालन नहुनुको प्रमुख समस्या यो पनि हो जस्तो मलाई लाग्छ । संसदलाई प्रभावकारी बनाउन गर्नुपर्ने आवश्यक कामहरु हामीले उजागर गर्न नसकेका कामहरु उजागर गरे मात्र सक्छौं । निर्णय गरिएका कुरालाई प्रचारमा लाने कुरालाई भन्दा निर्णय गरेका कुरा व्यवहारमा लागू गर्न नसकेको कारणसहित गर्न नसकेका आँट र हिम्मत हामी सबैमा हुनुपर्दछ भन्ने मलाई लाग्छ । यसो गर्न सकेमात्र संसद संसदको भुमिकालाई प्रभावकारी बनाउन सकिन्छ ।’
उहाँले संसद चलाउने क्रममा भएका गल्तिहरु सबैले स्वीकार गर्दै भविष्यमा त्यस्ता गल्तिहरु नदोहा¥याउने प्रतिवद्धता गर्न आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले सांसदहरुलाई विकास निर्माणमा केन्द्रित गर्ने कि विधेयक निर्माणमा भन्ने बहस हुन आवश्यक रहेको बताउनु भयो । उहाँले सांसदहरुसँगै संसद सेवाले काम गर्नुपर्ने भएको हिसावले जनातासँग जोडिएको उल्लेख गर्दै विकास निर्माणसँगै कानून निर्माणमा ध्यान दिन जरुरी रहेको बताउनु भयो । अधिकांश सांसदहरु कानून निर्माणभन्दा विकास निर्माणका काममा सक्रियता देखाइरहेको उल्लेख गर्दै उहाँले सिद्धान्ततः कानून निर्माणमै जोड दिन आवश्यक रहेको समेत स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो संसद सेवामा कार्यपालिका र मन्त्रालयको जस्तो कर्मचारीको कामले पुग्दैन । यो सेवा प्रत्यक्ष जनातासँग जोडिएको जस्तो पनि नदेखिने तर यहाँ सबै सांसदहरुसँगै संसद सेवाले काम गर्नुपर्ने भएको हुनाले अप्रत्यक्ष हिसाबले हामी फेरि जनतासँगै जोडिएका छौं । अहिले जसरि सांसदहरुलाई विकास निर्माणमा केन्द्रित गर्ने कि विधेयक निर्माणमा भन्ने बहस बनेको छ । यसको सैद्धान्तिक पक्ष के हो भन्ने कुरा महत्वपूर्ण पक्ष हो । जनप्रतिनिधिले जितेको क्षेत्रका जनतासँग धेरै प्रतिबद्धताहर गरेर आएको हुन्छ । विकास निर्माणमा नजोडिने कुरा त हुँदै हुँदैन । तर सिद्धान्ततः हामी कानून निर्माण गर्छौं । कानून निर्माणमा पनि सांसदहरु कति स्वायत्त हुन्छन् भन्ने प्रश्न पनि उठ्ने गरेको छ । निर्वाचित भइसकेपछि निर्वाचित भएपछि म यो काम गर्छु भनेर निर्वाचनमा भाग लिएको हुन्छ । उनीहरु आएपछि हाम्रो राष्ट्रिय परिस्थिति अनुकुलताको छैन होला । तर सांसदहरु खासगरि आफ्नो नीतिअनुसार विधेयकहरु निर्माण गर्नुपर्छ । यो टेक्निकल पाटो हो । तर कुन नीतिअनुसार हामी विधेयक निर्माण गरिरहेका छौं भन्ने कुरा सांसदहरुको लागि प्रमुख कुरा हुन्छ ।’
संसद सेवा भित्रका कर्मचारीहरुले संसद बैठक चलाउने, समितिका बैठकहरु सञ्चालन गर्ने र आर्थिक प्रशासनिक कामहरु गर्ने भएका कारण संसद प्रभावकारी बनाउन उनीहरुको भुमिका महत्वपूर्ण रहेको घिमिरेको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच