एजेन्सी । स्पेनिस ला लिगामा शनिबार रियल मड्रिडले घरेलु टोली जिरोनाविरुद्ध ३-० को सहज जित दर्ता गरेको छ । जितसँगै दोस्रो स्थानमा रहेको रियलले १६ खेलमा ३६ अंक जोडेको छ । पराजित जिरोना समान खेलबाट २२ अंकका साथ आठौँ स्थानमा छ ।
मोन्टिलीभीमा रियललाई जित दिलाउन जुड बेलिङघम, अर्दा गुलर र किलियन एमबाप्पेले गोल गर्नुभयो । खेलको ३६औँ मिनेटमा बेलिङघमको गोलमार्फत् रियलले अग्रता लिएको थियो । ५५औं मिनेटमा गुलरले टोलीको अग्रता दोब्बर बनाउनुभयो । एमबाप्पेले ६२औँ मिनेटमा गोल गर्दै रियललाई सहज जित दिलाउनुभयो ।
लिगअन्तर्गत शनिबारै सम्पन्न अन्य खेलमा लास पाल्मासले भायाडोलीलाई २-१ र रायो भ्यालेकानाले भ्यालेन्सियालाई १-० ले पराजित गर्दा बार्सिलोना रियल बेटिससँग ३-३ को बराबरीमा रोकियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच