एजेन्सी । म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा शनिबार राती घरेलु मैदानमै नटिङघम फरेस्टसँग ३-२ ले पराजित भएको छ । जितसँगै १५ खेलमा २५ अंक जोडेको नटिङघम पाँचौँ स्थानमा उक्लिएको छ ।
पराजित युनाइटेड समान खेलबाट १९ अंकका साथ १३औँ स्थानमा छ । ओल्ड ट्राफोर्डमा नटिङघमलाई जित दिलाउन निकोल मिलेन्कोभिच, मोर्गन गिब्स हृवाइट र क्रिस उडले गोल गर्नुभयो । युनाइटेडका लागि रास्मस होज्लन्ड र बु्रनो फर्नान्डेसले गोल गर्नुभयो ।
खेलको दोस्रो मिनेटमै मिलेन्कोभिचको गोलमार्फत् नटिङघमले अग्रता लिएको थियो । १८औँ मिनेटमा होज्लन्डले युनाइटेडका लागि बराबरी गोल फर्काउनुभयो । हृवाइटले ४७औँ मिनेटमा गोल गर्दा नटिङघम २-१ ले अघि बढ्यो । सात मिनेटपछि नै उडले टोलीका लागि तेस्रो गोल गर्नुभयो ।
फर्नान्डेसले ६१औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन । लिगअन्तर्गत शनिबारै सम्पन्न अन्य खेलमा एस्टन भिल्लाले साउथहृयाम्पटनलाई १-० र ब्रेन्टफोर्डले न्युक्यासल युनाइटेडलाई ४-२ ले पराजित गर्दा किस्टल प्यालेस म्यानचेस्टर सिटीसँग २–२ को बराबरीमा रोकियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच