काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको व्यवस्थापनमा हाई लेभल स्पोर्ट्स सेमिनार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबारदेखि सुरु भएको छ ।
सेमिनारको राखेपका सदस्य-सचिव टंकलाल घिसिङले उद्घाटन गर्दै प्रशिक्षण विधिलाई वैज्ञानिक बनाउन व्यापक सुधारको खाँचो रहेको आवश्यकता आंैल्याउनुभयो ।
पुस ३ गतेसम्म चल्ने सेमिनारमा विभिन्न खेलका ३२ प्रशिक्षक सहभागी छन् । सहभागीलाई सुशिलनरसिंह राणाले एप्लाइड साइन्स, सञ्जय महर्जनले न्युट्रिसन, रमन नेपालले साइकोलोजी र डा. भद्र हमालले स्पोर्ट्स इन्जुरी र प्राथमिक उपचारसम्बन्धी ज्ञान दिनुहुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच