काठमाडौं । लालीगुराँस नेसनल एकेडेमी र हिमरश्मीले तेस्रो मेयर रनिङ शिल्ड खेलकुदअन्तर्गत बास्केटबलको उपाधि आइतबार जितेका छन् । लालीगुराँस जुनियर छात्र तथा हिमरश्मी सिनियर छात्रामा च्याम्पियन बने । मनमैजुस्थित घरेलु कोर्टमा भएको जुनियर छात्र फाइनलमा लालीगुराँसले एञ्जल्स हार्टलाई २३-१८ ले पराजित गर्यो । लालीगुराँसका सरगम गुरुङले नौ अंक जोड्नुभयो । हिमरश्मी र जीवन ज्योति तेस्रो भए ।
तारकेश्वर नगरपालिका, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर छात्राको उपाधि भिडन्तमा हिमरश्मीले ल्याण्डमार्क एकेडेमीलाई २५-१६ ले हरायो । हिमरश्मीकी निमा तामाङले सात स्कोर गर्नुभयो । लालीगुराँस र मानसिंह धर्मले तेस्रो स्थानमा चित्त बुझाउनुभयो ।
विजेतालाई तारकेश्वर नगरपालिका–१० का अध्यक्ष कुमार राई, मेयर रनिङ शिल्ड खेलकुदका संयोजक राजेन्द्रप्रसाद तिमिल्सिना, नगर शिक्षा अधिकारी पदमबहादुर खत्री, लालीगुराँसका प्रिन्सिपल गोपाल बुढाथोकीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।
पाँचदिने नकआउट प्रतियोगिताको जुनियर छात्रमा १८ तथा सिनियर छात्रामा १४ टिमले प्रतिस्पर्धा गरेको लालीगुराँसका बास्केटबल प्रशिक्षक नारायण खवासले जनाउनुभएको छ ।
कराँतेमा लालीगुराँसलाई उपाधि
लालीगुराँसले तेसो मेयर रनिङ शिल्ड खेलकुदअन्तर्गत कराँतेको उपाधि जितेको छ । १५ विद्यालयको सहभागिता रहेको कराँतेमा सर्वाधिक ६ स्वर्ण, एक रजत र दुई कांस्य जित्दै लालीगुराँस समग्रमा च्याम्पियन भयो । मानसिंह चार स्वर्ण, तीन रजत एक कांस्यसाथ दोस्रो भयो । तेस्रो स्थानको सिद्धार्थ मोडेल एकेडेमीले एक स्वर्ण र एक रजत हात पा¥यो । १२ स्पर्धा समावेश कराँतेमा प्रारम्भ वल्र्ड स्कुलले एक स्वर्ण र एक कांस्य हासिल ग¥यो । विजेतालाई तारकेश्वर नगरपालिका मेयर कृष्णहरि महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच