काठमाडौं । विकिन जोशी र शर्मिला शाह राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । नेपाली युथ फिटनेस एण्ड केलिसेनिक्सको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ विकिन र महिलातर्फ शर्मिला सर्वोत्कृष्ट खेलाडी चुनिनुभएको हो । सर्वोत्कृष्ट घोषित दुवै खेलाडीले ट्रफी, मेडलसहित जनही ५० हजार रुपैयाँ प्राप्त गर्नुभयो ।
खुला पुरुष, महिला र जुनियर गरी तीन विधाअन्तर्गत ११ वटा तौल समूहलाई प्रतियोगितामा समावेश गरिएको थियो । पुरुष ६२ केजी तौल समूहमा निमेष चुकान पहिलो, दिनेश सिख्राकर दोस्रो र किरण सुवाल तेस्रो हुनुभयो । पुरुष ६२ दशमलब १ केजीदेखि ६९ केजी तौल समूहमा विकिन जोशी पहिलो, विक्रम थापा दोस्रो र निखिल तामाङ तेस्रो हुनुभयो ।
पुरुषकै ६९ दशमलब १ केजीदेखि ७७ केजी तौल समूहमा विकेस श्रेष्ठ पहिलो, सहज रञ्जित दोस्रो र दिपेश श्रेष्ठ तेस्रो बन्नुभयोे । ७७ दशमलब १ केजीदेखि ८५ केजी तौल समूहमा ओजस जोशी पहिलो, राजीव श्रेष्ठ दोस्रो र उम्बल तामाङ तेस्रो हुनुभयो भने ८५ केजीमाथिको तौल समूहमा मनोज श्रेष्ठ पहिलो, सुजित अराले दोस्रो र युधिष्ठिर सिप्र घिमिरे तेस्रो हुनुभयो ।
महिलातर्फ ५८ केजी तौल समूहमा सविता हृयान्जु पहिलो, तारा खाइनु दोस्रो र झरना योञ्जन तेस्रो हुनुभयो । महिला ५८ दशमलब १ केजीदेखि ६४ केजी तौल समूहमा ज्योति थापा पहिलो, पुनम बोम्जन दोस्रो र पुनम चौधरी तेस्रो हुनुभयो । महिला ६४ केजीमाथिको तौल समूहमा शर्मिला शाह पहिलो, अल्बिना राजयना दोस्रो र कृपा रसाइली तेस्रो हुनुभयो । जुनियर २१ वर्षमुनिको उमेर समूहमा राजीव खड्का पहिलो, आकृत बानियाँ दोस्रो र दिपेश बोहराले तेस्रो स्थान हासिल गर्नुभयोे ।
पुरुष, महिला र जुनियर विधामा पहिलो, दोस्रो र तेस्रो हुनेले ट्रफी, मेडलसहित क्रमशः २० हजार, १० हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गर्नुभयो । नेपाल युथ फिटनेस एण्ड केलिसथेनिक्सका संस्थापक सुकदेव कार्कीको अध्यक्षतामा सञ्चालन भएको प्रतियोगिताको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गर्नुभएको थियो । नेपालमा पावर लिफ्टिङ खेलको उत्थान र विकासको उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको संस्थापक सुकदेव कार्कीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच