काठमाडौं । दोस्रो संस्करणको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुनेभएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली चलचित्र क्षेत्रको प्रवद्र्धन र कर्णाली प्रदेशको पर्यटन विकासलाई टेवा पुर्याउने उद्देश्यले आगामी फागुन २४ गतेदेखि दोस्रो संस्करणको चलचित्र महोत्सव गर्न लागिएको जानकारी गराइएको हो ।
रेड चेरी मिडियाले आयोजना गर्ने यो महोत्सवले ‘घुमौं कर्णाली, हेरौं कर्णाली’ भन्ने नारालाई मूर्त रूप दिने प्रयास गर्दै कर्णालीको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, र पर्यटकीय सम्भावनालाई विश्वसामु चिनाउने लक्ष्य लिएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवलाई चलचित्र पर्यटन प्रवद्र्धनको महत्वपूर्ण माध्यमका रूपमा वर्णन गर्दै यसले नेपालको पर्यटन विकासमा उल्लेखनीय योगदान गर्ने बताउनुभयो । अध्यक्ष डिसीले फर प्रसंगमा कर नतिर्ने सिनेमा हलहरूलाई करको दायरा र नियममा ल्याएको बताउनुभयो । उहाँले पाँच वर्षदेखि करको दायरामा नआएका २१ वटा सिनेमा हलमध्ये प्रमुख छवटा हलहरूमा प्रशासनको ताल्चा लगाएपछि सम्पूर्ण सिनेमा हलहरू करको दायरा र नियममा आएको जानकारी गराउनुभयो ।
‘सातदेखि १० दिनभित्रमा स्टुडियोको टेन्डर खोल्दै छौँ । यो पहिलादेखि रोकिएको थियो । वैशाख १ गतेदेखि रियल टाइम बक्स अफिस लाग्छ । यहीबीचमा २१ वटा सिनेमा हलहरूलाई कानुनको दायरामा ल्याउने प्रयास जारी छ,’ अध्यक्ष डिसीले भन्नुभयो । उहाँले नेपाल भनेको अविकसित देश होइन, अव्यवस्थित देश भएको भन्दै यसलाई व्यवस्थित गर्न सबैजना अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका निर्देशक चक्रबहादुर चन्दका अनुसार यो महोत्सवले कर्णालीको ऐतिहासिक र सांस्कृतिक महŒवलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याउने महत्वाकांक्षी योजना बनाएको छ ।
नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर रोहिणीप्रसाद खनालले राज्यले चलचित्र पर्यटन प्रवद्र्धनका लागि आवश्यक नीतिगत व्यवस्थाहरू गरिरहेको जिकिर गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले निजी क्षेत्रले चलचित्र र पर्यटनलाई सधैं सघाउँदै आएको बताउनुभयो । अभिनेता शिव श्रेष्ठले हामीले टाढा सम्झेको कर्णालीलाई यो महोत्सवले नजिक बनाएको धारणा राखनुभयो । अभिनेता प्रदीप खड्का र अभिनेत्री सुरक्षा पन्तलाई महोत्सवका सद्भावना दूतका रूपमा नियुक्त गरिएको छ ।
महोत्सव कर्णाली प्रदेशको राजधानी सुर्खेतमा फागुन २४ गते औपचारिक रूपमा उद्घाटन हुनेछ । चैत १६ गते काठमाडौंको नेपाल पर्यटन बोर्डमा ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र पर्यटन तथा जलवायु अवार्ड समारोह’ हुनेछ भने चैत ३० गते मुगुको रारा ताल परिसरमा ‘रारा चलचित्र पर्यटन तथा जलवायु समिट’ आयोजना हुने जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच