काठमाडौं । सेन्टर अन इन्टिग्रेटेड रुरल डेभलपमेन्ट फर एसिया एण्ड द प्यासिफिक (सिर्डाप) ढाका र नेपाल एड्भाइजरी काउन्सिलबीच कृषि व्यवसाय र ग्रामीण विकासमा सहकार्यका लागि सम्झौता भएको छ । सिर्डापका डा. पी. चन्द्र शेखर तथा काउन्सिलका अध्यक्ष डा. योगेन्द्रकुमार कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार दुवै संस्थाले नेपालको कृषि विकास र ग्रामीण क्षेत्रको समृद्धिका लागि संयुक्तरूपमा काम गर्ने छन् । पाँच वर्षका लागि भएको सम्झौताअन्तर्गत दुवै संस्थाले कृषि व्यवसाय, अनुसन्धान, परियोजना डिजाइन, कार्यान्वयन, मूल्य शृंखला व्यवस्थापन, क्षमता विकास र जलवायु अनुकूल कृषि प्रविधि प्रवद्र्धन क्षेत्रमा सहकार्य गर्ने छन् ।
नेपालका कृषि उद्यमी, किसान र अन्य सरोकारवालालाई अन्तर्राष्ट्रिय मञ्चमा अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गर्नुका साथै काउन्सिलले नेपालका संघीय, प्रादेशिक र स्थानीय निकायहरूसँग सहकार्य गरी परियोजना कार्यान्वयनमा प्राविधिक सहयोग उपलब्ध गराउने छ । प्रदेश र स्थानीय सरकारसँग मिलेर साना र सिमान्तकृत कृषकको जीवनस्तरमा जोड दिइने काउन्सिलका अध्यक्ष डा. कार्कीले बताउनुभएको छ ।
सिर्डापले एसिया-प्यासिफिक क्षेत्रमा एकीकृत ग्रामीण विकास (आइआरडी)बारे प्रवद्र्धन गर्छ भने नेपाल फार्मर्स एड्भाइजरी काउन्सिल प्रालि कृषि व्यवसायमा विशेषज्ञता हासिल गरेको निजी संस्था हो । जसले कृषि विकास, उत्पादन, व्यापार, सेवा, अनुसन्धान, तालिम र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्श सेवा प्रवद्र्धन गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच