काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले भुक्तानी क्षेत्रमा नयाँ आयाम ल्याएको छ । विगत केही वर्षयता भुक्तानी क्षेत्रमा मात्र नभएर अन्य विभिन्न क्षेत्रमा पनि योगदान पुर्याउँदै आएको इसेवाले सेवा विस्तारका क्रममा हाल नेपालका ७७ जिल्लाका सात सय ५३ वटै स्थानीय निकायहरूमा आफ्नो एजेन्ट नेटवर्क पुर्याउन सफल रहेको छ ।
कम्पनीका अनुसार प्रत्येक नेपालीको हात-हातमा पुगिसकेको इसेवा एउटा व्यक्तिलाई दैनिक जीवनमा आवश्यक पर्ने सबै प्रकारका सेवाको भुक्तानी गर्ने माध्यम बन्नुका साथै इसेवा यात्रा तथा पर्यटकीय क्षेत्रमा पनि दिनप्रतिदिन अझै परिचित नाम बन्दै गइरहेको छ । बस, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकटदेखि केबलकारसम्मका टिकट खरिद गर्न सकिने इसेवाले यात्रुको सहजतासँगै पर्यटकीय विकासमा भूमिका निर्वाह गर्दै आएकोे छ । प्रयोगकर्ताको आवश्यकताअनुसारका सेवा सुविधा विस्तार गरेर जीवन सहज बनाउने क्रममा इसेवा थुप्रै नवीनतम सेवा प्रदान गर्न सधैं तत्पर रहेको कम्पनीले जनाएको छ । इसेवा होटल्स एउटा यस्तो डिजिटल सेवा हो, जसको माध्यमबाट प्रयोगकर्ताले सजिलै होटल बुक गर्न सक्नेछन् । नेपालका ५४ भन्दा जिल्लाका प्रमुख शहरमा अवस्थित साना, मझौला तथा ठूला होटल एकै ठाउँबाट सजिलै बुक गर्न सकिने इसेवा होटल्स हालको समयमा होटल बुकिङका लागि लोकप्रिय बन्दै गएको छ ।
शहरी क्षेत्रमा रहेका तारे होटलदेखि ग्रामीण भेगमा अवस्थित होम स्टेसम्म बुक गर्न सकिने इसेवा होटल्समा करिब ३५ सयभन्दा बढी होटल रहेका छन्, जुन प्रयोगकर्ताले इसेवा एप वा इसेवा होटल्सको वेबसाइटबाट बिनाझन्झट बुक गर्न सक्छन् । ग्रामीण क्षेत्रमा अवस्थित होमस्टेहरूलाई पनि समावेशीकरण गर्न तथा आर्थिकरूपमा सशक्त बनाउन इसेवा होटल्सले युएसआइडी ट्रेड एण्ड कम्पेटेटिभनेससँग सहकार्य गर्दै आएको छ । सहकार्यले साना तथा मझौला होटल वा होमस्टेलाई प्राविधिक सहयोगका साथै व्यवसाय सञ्चालनमा पनि थप उत्साह प्रदान गरेको छ । युएसआइडी ट्रेड एण्ड कम्पेटेटिभनेसको सहयोगमा इसेवा होटल्सले ग्रामीण भेगमा रहेका होटल तथा होमस्टेमार्फत् दिगो पर्यटन विकासका साथै समग्रमा पर्यटन व्यवसायलाई नै बढावा दिँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच