![एनपिएल : अपराजित जनकपुर बोल्ट्स उत्कृष्ट लयमा](https://ehimalayatimes.com/wp-content/uploads/2024/12/janakpur-npl.jpg)
काठमाडौं । हालैमात्र विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोहीक्रममा विभिन्न किसिमका अपांगता भएका बालबालिका र युवाका लागि काम गर्दै आएकोे मैत्री समाज नेपालसँगको सहकार्यमा बैंकले वीरेन्द्रनगर सुर्खेतस्थित कृष्ण संस्कृत तथा साधारण माविमा अध्ययनरत दृष्टिविहीन बालबालिकालाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको छ ।
विद्यालयमा आयोजित एक समारोहबीच बैंकले सहयोगस्वरूप विभिन्न ब्रेल शैक्षिक सामग्री हस्तान्तरण गरेको हो । दृष्टिविहीन तथा अन्य अपांगता भएका बालबालिकासँग पर्याप्त शैक्षिक सामग्री उपलब्ध नहुने र आवश्यक शैक्षिक सुविधाबाट वञ्चित हुने भएकाले ब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्रीले उनीहरूको अध्ययनमा सहजता प्राप्ति होस् भन्ने अभिप्रायसाथ बैंकले उक्त सामग्रीहरू प्रदान गरिएको जनाएको छ ।
सिटिजन्स बैंकले हालैमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक सिटिजन्स फोनपे क्रेडिट कार्ड पनि सञ्चालनमा ल्याएको थियो । भौतिक कार्डबिना नै मोबाइल माध्यमबाट स्क्यान गरी क्रेडिट कार्ड सुविधा उपभोग गर्न सकिने विशेषता भर्चुअल क्रेडिट कार्डमा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच