काठमाडौं । रिलायन्स इन्टरनेसनल कलेजमा स्थापित रिलायन्स साहित्य समाज कपनले संस्थापक प्रिन्सिप खेमलाल भुसालको सभापतित्व, भाषाविद् तथा निबन्धकार माधवप्रसाद पोख्रेलको प्रमुख आमन्त्रित आतिथ्य, सम्मानित व्यक्तित्वद्वय-महाकाव्यकार-आख्यानकार भुवनहरि सिग्देल, युवाकवि मनोज भण्डारी, त्रिलोचन आचार्य, सम्मानित/पुरस्कृत व्यक्तित्व कवि बलराम दाहाल, मुकुन्दराज दाहाल, रिलायन्स सञ्चालक अध्यक्ष रवीन्द्रजङ थापा, सञ्चालक राजुकुमार शिवाकोटी, साहित्य समाजका अध्यक्ष दामोदर निरौला, बिन्दा गौतम, कलानिधि दाहाल, देउती सिग्देललगायतको विशिष्ट आतिथ्य, श्रीधर पौडेलको उद्घोषणमा कार्यक्रम भएको थियो ।
निलम अमात्य र गायत्री आचार्यले अतिथिलाई सुशोभित गरेपछि दीपोज्वलन, महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्वीरमा माल्यार्पण, राष्ट्रियगान, दामोदर निरौलाको स्वागत मन्तव्यसँगै दुई मिनेट ध्यानासन गराएलगत्तै वक्तृत्वकला प्रतियोगिता सम्पन्न, भएपछि सम्मानित÷पुरस्कृतलाई प्रमुख अतिथिद्वारा सम्मान/पुरस्कार प्रदान गरिएको थियो ।
यसपछि शुभकामना र रचनावाचन कार्यक्रम सम्पन्न भयो । वाचकमा-त्रिलोचन आचार्य, रवीन्द्रजङ थापा, रोशन आचार्य, पवित्रा पोख्रेल, राजुकुमार शिवाकोटी, कलानिधि दाहालको रचनावाचन तथा मन्तव्यसँगै लक्ष्मी बुढाथोकीले प्रतियोगिताको नतिजा सुनाएपछि उनीहरूलाई पुरस्कृत गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच